दोहा । विजया दशमीको अवसरमा साँस्कृतिक कार्यक्रमका लागि कतार आएका लोदोहोरी गायक रामजी खाँड, राधिका हमाल र बीबी मल्ल ठकुरी कतारमा सम्मानित भएका छन् । विगत लामो समयदेखि कलाकारिताको माध्यमबाट नेपाली कला र सँस्कृतीको क्षेत्रमा योगदान पुर्याएबापत उनीहरुलाई सम्मान गरिएको हो ।
दोहाका गल्फ होराईजन होटलमा ठकुरी सहयोज सञ्जाल र बसन्त फिल्मस् प्रालिको संयुक्त रुपमा आयोजित कार्यक्रमा उनीहरुलाई सम्मान गरिएको हो कलाकारहरुलाई खादा ओढाएर प्रशंसा पत्रले सम्मान गरिएको हो । कलाकारहरु गत बुधबारदेखि कतारमा छन् ।
कार्यक्रम सकेर रामजी खाँड र राधिका हमाल नेपाल र्फकदै छन् भने बीबी मल्ल ठकुरी कुबेत र्फकनेछन् । ठकुरी सहयोज सञ्जालका कार्यवाहक अध्यक्ष गणेश मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा लोकदोहोरी प्रतिष्ठानका मानार्थ सदस्य तथा बसन्त फिल्मस् प्रालिका प्रबन्ध निर्देशक र नमस्ते नेपाल हातेमालो सामाजिक संस्था कतारका अध्यक्ष ईश्वर काफ्ले रहेका थिए ।
कार्यक्रममा बोल्दै लोकदोहोरी गायक खाडले जहाँ रहे पनि नेपाली कला, सँस्कृती र नेपाली कलाकारहरुलाई माया गर्नुपर्ने बताए । राती अवेर शुरु भएको कार्यक्रममा उनले गीत समेत गाए ।
त्यस्तै लोकदोहोरी गायिका राधिका हमालले कतारका दर्शकको मायाले चौथो पटक कतार आउन पाएकोमा खुसी व्यक्त गरिन् । उनले प्रवासमा नेपालीहरुको एकताको प्रशंसा गरिन् ।
कार्यक्रममा कुबेतबाट आएका लोक तथा पपगायक बीबी मल्ल ठकुरी पनि तेस्रो पटक सांगीतिक प्रस्तुतीका लागि कतार आएका हुन् । उनले कतारमा म्युजिक भिडियो समेत छायाङ्कन गरेका थिए ।
बिदाई तथा सम्मान कार्यक्रममा अर्घखाँची सेवा समाजका अध्यक्ष युवराज पाण्डे, गुल्मी सेवा समाजका कुमार पन्थी, स्याङ्गजा सहयोग समाजका धनन्जय लम्साल र अबुबकर अली, ठकुरी सहयोग सन्जालका पुर्व अध्यक्ष अमृत शाही लगायत ठकुरी सहयोग सन्जाल र बसन्त फिल्मस् प्रालिका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रम बसन्त फिल्मस् प्रालिका महासचिव मोहन शाहले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया 4