+
+

ललितपुर मलले ल्यायो अाकर्षक दशैंतिहार योजना

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २ गते १४:२५
२ कात्तिक, काठमाडौं  । ललितपुर मलले ग्राहकहरुका लागि दशैं तिहारको अवसर पारेर हात खाली नजाने उपहार योजना सञ्चालनमा ल्याएसँगै मलमा उपभोक्ताको चाप बढेको छ । हरेक हप्ता उपहारै उपहार नाम दिइएको उक्त योजनामा  कम्तीमा १ हजार रुपैंयाको सामान खरिद गर्ने उपभोक्तालाई सहभागि गराउने आयोजकले जनाएको छ ।
image of Complex (1)दशैंका लागि किनमेल गर्न चाहनेहरु आवश्यक सामान खरिद गर्नका लागि मलमा पुग्ने गरेका छन् । मलमा रहेका कुनै पनि पसल तथा फुड स्टलबाट उपभोक्ताले १ हजार रुपैंया बराबरको सामानको खरिदमा उपहार कुपन पाउने छन् । उक्त कुपनका आधारमा गरिने लक्की ड्र मार्फत उपभोक्ताले साप्ताहिक रुपमा कुनै पनि स्मार्ट फोनको खरिदमा तत्कालै ५ हजार रुपैंयाको नगद छुट पाउने छन् ।
कार्यक्रम संयोजक हिरामणि तिमल्सिनाका अनुसार ग्राहकलाई मलसम्म पुर्याउनका लागि सञ्चालन गरिएको उपहार योजना सफल भएको छ । उनका अनुसार दशैंको निमेलका लागि ठुलो संख्यामा उपभोक्ता मलमा आइरहेका छन् । ‘सबैले मलको उपहार योजनाको कुपन पाएका छन्, त्यसै आधारमा हामी साप्ताहिक र बम्पर उपहार बितरण गर्छौं’ उनले भने ।
बम्पर उपहारमा उपभोक्ताहरुले ५ प्रकारका उपहार हरु जित्न सक्ने छन् । जसमा टिभिएसको फोइनिक्स मोटरसाइकल, टिभिएसकै जेष्ट स्कूटर, एलइडी टेलिभिजन, रेफ्रिजिरेटर र २ रात ३ दिनको पोखरा भ्रमणको अवसर उपभोक्ताले पाउने छन् ।
मलले उपभोक्तालाई चाड पर्वका समयमा उपहार मार्फत मलमा आकर्षित गर्नका लागि उपहार योजना ल्याएको जनाएको छ । शंकर ग्रुपको जगदम्बा मोटर्ससंगको सहकार्यमा सञ्चालित उपहार योजना मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?