चलचित्र अधकट्टीको पञ्चे बाजा बजाएर काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । प्रदिप कुमार उदयको निर्माणमा तयार भएको यो चलचित्रलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् ।
यसअघि चलचित्रको एल्बम बिमोचनमा ९ नायिकालाई निम्तो गरेका निर्माता उदयले यसपटक पनि प्रिमियरमा नायिकालाई नै निम्तो गरेका थिए ।
उनको निम्तोलाई स्विकार्दै नायिकाहरु रीमा विश्वकर्मा, अनु शाह, ऋचा शर्मादेखि हाँस्य कलाकार हरिवंश आचार्य, दिपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला कुमारी हल पुगेका थिए । कलाकारहरु हसन खान, संजोग कोइराला पनि हलमा देखिए । बाल कलाकार अनुभव रेग्मी, संगम बिष्टको साथमा कान्छा निर्देशक सौगात बिष्ट पनि प्रिमियरमा देखिएका थिए ।
यस्तै, चलचित्रका कलाकारहरु अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गजित बिष्ट, गौरव पहारी, प्रदिप बाँस्तोलादेखि एक गीतमा देखिएकी नायिका नम्रता श्रेष्ठ पनि रेड कार्पेटमा उपस्थित थिए । पेट्रोलको अभावमा पनि चलचित्रकर्मीको उपस्थितीलाई दमदार मान्नु पर्छ । निर्माता उदयले सधै नै आफ्ना चलचित्रका कार्यक्रम फरक शैलीमा गर्छन् । यसपटक उनले पञ्चे बाँजा बजाएर चलचित्रको प्रिमियर गरेका छन् ।
भोली मंगलबारबाट देशभरका हलमा लाग्ने यो चलचित्रका मुख्य कलाकार विल्सन विक्रम राइ भने विदेशमा रहेकाले कार्यक्रममा सहभागी हुन सकेनन् । कार्यक्रममा नायिकाहरुलाई भने सेल्फी खिच्न नै भ्याई नभ्याई देखिएको थियो ।
कार्यक्रममा केही महिना अगाडि भुकम्पले प्रभावित भएका प्राविधिकहरुको सहयोगार्थ आयोजित यही चलचित्रको च्यारेटीबाट उठेको ७ लाख भन्दा बढी रकम चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीलाई हस्तान्तरण गरियो ।
प्रतिक्रिया 4