४ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि ५२ अर्ब रूपैयाँ नायाँ नोट बजारमा पठाएको छ । असोज २४ गतेदेखि कात्तिक २ गतेसम्म राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा सञ्चालन गरेको थियो ।
‘यो दशैंमा राष्ट्र बैंकले ५२ अर्ब रूपैयाँको हाराहारीमा नयाँ नोट बजारमा पठाएको छ, जुन हाम्रो अनुमानअनुसार नै हो ‘ प्रवक्ता त्रिलोचन पंगेनीले अनलाइनखरबसँग भने- ‘वर्षको दशैंमा ४७ अर्ब रूपैयाँ नयाँ नोट बाँडिएको थियो ।’
सर्वसाधरणलाई राष्ट्र बैंकको थापाथली कार्यालय र बिराटनगर, जनकपुर, बीरगञ्ज, भैरबहा, पोखरा, नेपालगञ्ज, धनगढीमा रहेका क्षेत्रीय कार्यालयहरूबाट नयाँ नोट सटही सुविधा प्रदान गरिएको थियो ।
बैंक वित्तीय संस्थाले राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट असोज १८ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको थियो ।
सर्वसाधारणलाई ५, १० र २० रुपैयाँको नोट २/२ प्याकेटका दरले उपलब्ध गराइने भएको छ भने ५० र १०० रुपैयाँको १/१ प्याकेट उपलब्ध गराइएको छ । एक जनालार्इ २२ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको थियो।
हिन्दूहरूको महान चाड दशैंमा प्रत्येक वर्ष राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा उपलब्ध गराउँदै अाएको छ ।
प्रतिक्रिया 4