Comments Add Comment

स्तन क्यान्सर बारेका केही तथ्य

breast-cancer
स्तन क्यान्सर विश्वमा महिलाहरुको ज्यान लिने प्रमुख क्यान्सर रोग हो । बदलिँदो जिवनशैली, अस्वस्थकर जिवनयापन, बदलिँदो यौन जिवन तथा विभिन्न खाले औषधिहरुको प्रयोग जस्ता कारणले पनि स्तन क्यान्सरको प्रकोप बढिरहेको छ । स्तन क्यान्सर बारेका केही तथ्यहरु यस्ता छन् :

  • पछिल्ला अध्ययन अनुसार हाल २५ देखि ४० वर्ष उमेरका महिलामा स्तन क्यान्सरको प्रकोप तिब्र रुपमा बढिरहेको छ ।
  • विश्व स्वास्थ्य संगठनका अनुसार स्तन क्यान्सरका मुख्य कारणहरुमा बच्चा नजन्माउनु, धेरै उमेरमा बच्चा जन्माउनु, स्तनपान नगराउनु, सरीरको वजनमा अत्यधिक वृद्धि तथा रक्सीको अत्यधिक सेवन लगायतका रहेका छन् ।
  • स्तन क्यान्सरको समस्या ग्रामीण महिलामा भन्दा सहरिया महिलामा बढि देखिने गरेको छ ।
  • महिलाहरुमा अझैपनि स्तन क्यान्सरको विषयमा पर्याप्त जानकारी छैन । विकाशोन्मुख देशका धेरै महिलाहरु आफ्नो स्तनको नियमित परीक्षण गराउन लजाउँछन् । सामान्य लक्षण तथा दुखाइ हुादा अर्थात् क्यान्सरको सुरुवाती अवस्थामा हेलचेक्राइा गर्नाले स्तन क्यान्सर घातक स्तरमा पुगिसकेपछि मात्र महिलाहरु उपचारका लागि पुग्ने गरेको पाइएको छ ।
  • अध्ययन अनुसार नियमित व्यायामले स्तन क्यान्सरबाट बचाउँछ । नियमित रुपमा हप्तामा दुइ घण्टा व्यायाम गर्ने स्तन क्यान्सरका रोगीहरुमा स्तन क्यान्सरको उपचार सफल हुने र स्तन क्यान्सरबाट ज्यान गुमाउने जोखिम कम हुने गरेको पाइएको छ ।
  • महिलाहरु आफ्नो स्तनको परीक्षण मेमोग्राफीका माध्यमबाट गर्न सक्छन् । यसको प्रयोग रोगको पहिचान गर्ने तथा पत्ता लगाउने उपकरणको रुपमा गर्ने गरिन्छ । मेमोग्राफीको उद्धेश्य स्तन क्यान्सरलाई सुरुवाती अवस्थामै पत्ता लगाउनु हो ।
  • महिलाले स्तनपान गराउँदा केवल बच्चाको स्वास्थ्य राम्रो हुनेमात्र होइन यसले आमालाई समेत स्तन क्यान्सरको खतराबाट बचाउँछ । स्तनपानले महिलामा एस्ट्रोजेन हर्मोनको मात्रा कम गर्न मद्दत गर्दछ जसका कारण स्तनमा क्यान्सर कोशिका विकाश हुन पाउँदैन । स्तनपान नगराउने सहरिया महिलामा स्तनक्यान्सरको प्रकोप बढि देखिने कारण यहीँ हो ।
  • स्तनमा गाँठागुठी आउनु, स्तनको टुप्पो रातो हुनु वा त्यसबाट पिप जस्तो पदार्थ बग्नु, स्तन सुन्निु तथा थिच्दा दुख्नु आदि स्तन क्यान्सरका लक्षण हुनसक्छन् । त्यसैले उपरोक्त लक्षण देखा परेमा तुरुन्त स्त्रीरोग विशेषज्ञकहाा गइहाल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment