+
+

गरिमाको रोटेपिङमा कपाल बेरियो, नन्दिताले टाट बनाइन् फुपुलाई

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ६ गते १०:४९

नेपालीहरुले दसैं मनाइरहेका छन् । तर, यसपटक भने दसैंमा नेपालीलाई इन्धन र ग्यास जोड्ने चपेटाले नै हैरान बनाएको छ । सायद, यसैले पनि होला यसपटकको दसैंमा गतबर्षको जस्तो उमंग देखिएन । तर, पनि नेपाली चलचित्रका कलाकारहरुले आफ्नो अविस्मरणिय दसैंलाई यसरी संझिएका छन् ।
garima-panta
रोटेपिङमा कपाल बेरियोः गरिमा पन्त

अहिले पनि मलाई अरुले पीङ खेलेको देख्दा आङ सिरिङ्ग भएर आउँछ । डोरी पिङमा त म पनि रमाइलो गर्छु । तर, रोटेपिङ सम्झदै कहाली लागेर आउँछ ।

मेरो घर तनँहुमा हरेक दसैंमा रोटे पिङ हाल्ने चलन थियो । हामीहरु साथी साथी मिलेर रोटेपिङ खेल्न जान्थ्यौं । म १३ वर्षकी थिएँ । पीङ खेल्दा खेल्दै मेरो कपाल बेरियो । म जोडले चिच्याएर रोएँ । हत्त न पत्त पिङ रोकेर मलाई पिङवाट ओराल्नु भयो ।

त्यो घटना म कहिल्यै बिर्सन्न । अहिले सम्झन्छु, तीस सेकेण्ड मात्रै ढिला भएको भए जे पनि हुन्थ्यो ।

benisha

मुगु बस्दा घर सम्झिँएः बेनिषा

पोहोर साल चलचित्र ‘कालोपोथी’ को सुटिङ गर्दा मुगुमै दसैं मनाएँ । सुटिङ युनिटमा संलग्न धेरै साथीहरु रमाईला थिए तर, पनि घरको याद आउँदो रहेछ । म त चितवनको मान्छे । हाम्रो घरतिर ठूलाले सानालाई टिका लगाएर आर्शिवाद दिने चलन हुन्छ । तर, मुगुतीर सबैले पालै पालो टिका लगाईदिने चलन देखेर नौलो अनुभुती भएको थियो ।

Nandita kc (17)आफ्नै फुपुलाई टाट बनाएँः नन्दीता केसी

हरेक वर्ष म दसैंमा घर अर्घाखाची नै जान्छु । प्राय यस्ता चाडमा हामी तास खेलेर रमाईलो गर्छौं । प्राय म फुपूसँग तास खेल्छु । तर, आजसम्म मलाई फुपुले जित्न सक्नु भएको छैन । हरेक वर्ष कम्तिमा पनि दश हजार रुपैयाँ फुपुको पैसा मैले मारेकै हुन्छु । हामी घरमै म्यारिज खेल्छौं । उधारो हुन्न हाताहाती खेल्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?