+
+

अशिष्मालाई लामो पहिरन भयो हैरानी, तान्ने कि सम्हाल्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ७ गते १४:२०

ashishmaचलचित्रको प्रिमियरमा नायिकाहरु आकर्षक देखिन कुनै कसर बाँकी राख्दैनन् । झन्, आफू अभिनित चलचित्रको प्रिमियर भएको खण्डमा त नायिकाहरुलाई पहिरनमा झनै बढी ध्यान दिनुपर्ने हुन्छ ।

नायिका अशिष्मा नकर्मी पनि आफू अभिनित चलचित्र अधकट्टीको प्रिमियरमा आकर्षक बनेर पुगिन् । उनले प्रिमियरका लागि भनेर उत्तम क्रियशनबाट वन पिस लामो पहिरन तयार पारेकी थिइन् ।

तर, माथि केही खुलेको र तल भूइसम्म लत्रेको उनको पहिरनले उनलाई साथ दिएन । चलचित्रको रेड कार्पेटमा त अशिष्मालाई पहिरन माथि तान्दै हैरान भयो ।

तस्बिरमा पनि उनले पहिरन तान्दै गरेको देख्न सकिन्छ । यसपछि, जब चलचित्रको विशेष कार्यक्रम कुमारी हल भित्र गरियो, अशिष्मा स्टेजमा चढिन् । तर, जब उनको लामो पहिरन झुक्किएर अर्की नायिका रिस्ता बस्नेतले टेकिदिइन्, यसपछि उनलाई हुनुसम्म हैरानी भयो । लामो तर कसिलो पहिरन च्यातियो । यसपछि भने उनलाई च्यातिएको भागमा खिप लगाउन नै हैरान भयो ।

अशिष्मालाई नायिकाहरुले खिप लगाउन सहयोग गरिदिए । कहिलेकाही पहिरनले धोका दिने गरेको घटना पहिलो भने होइन । अशिष्मालाई पनि यस्तै भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?