दोहा । मोरङ्गसुनसरी सेवा समाज कतारले हिन्दुधर्मावलम्बीहरुको महानपर्व विजया दशमी अर्थात बडादसैंको अवसरमा टिका ग्रहण तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको राष्ट्रियपर्व दसैंलाई मोसु कतारका अध्यक्षबाट टिका ग्रहण गरेर दसैं मनाईएको छ ।
विगत सन् २००१ मा कतारमा स्थापना भएको मोसु कतारले दुईबर्ष अघाडिबाट दसैं मनाउदै आएको थियो । संस्थाका अध्यक्ष टिएन बरालको हातबाट मोसु कतारका पदाधिकारी , सल्लाहकार लगायत कतारमा कार्यरत मोरङ्ग र सुनसरीका नेपालीहरुले टिका थापेका थिए । प्रचलन अनुसार आफुभन्दा ठुला व्यक्तीहरुबाट टिका तथा आर्शिबाद लिन अध्यक्ष बरालको निबासमा मोसुका पदाधिकारीहरु लगायत सदस्यहरु उपस्थित थिए ।
मोसुको समाबेसी रुपमा अध्यक्षको हातबाट बिहिबार साँझ टिका थाप्ने कार्यक्रम रहेको थियो । बिहिबार साझँ ३० जना भन्दा बढी सहभागी रहेको टिका ग्रहण कार्यक्रममा रात्री भोजको कार्यक्रम समेत रहेको थियो । अध्यक्ष बराल भन्छन कतारमा यो नौलो अनुभव भयो । हरेक शुक्रबार विभिन्न कार्यक्रममा सहभागी हुने उनलाई दसैंले गर्दा यसपालीको शुक्रबार जिल्लाबासीलाई टिका लगाईदिएर दिन बित्यो । दिनभरी नै उनी धेरै व्यस्थ भए । ‘बिहिबार साँझ देखी नै उनको आवासमा टिका लगाउने साथीहरु आईनैरहे’ उनी भन्छन ‘हामीले संस्थागत रुपमा सामुहिक टिका ग्रहण’

मोसु कतार विगत लामो समय देखी सामाजिक कार्यमा कतारमा अग्रसर छ । बैदेशिक रोजगारका लागी कतारमा आएका जिल्लाबासीहरुले स्थापना गरेको यो संस्था अन्तराष्ट्रिय रुपमा गती लिदै छ । जिल्लामा समेत यसले उल्लेख्य काम गरिरहेको छ । कतारमा १ सय २० संस्था मध्ये दुई जिल्लाको संयुक्त रुपमा स्थापना भएको मात्र मोसु एक सामाजिक संस्था हो । नेपाली कला र सँस्कृतीको योगदानका लागी विविध गतिवित्री सन्चालन गर्दै आएको संस्थाले हरेक चाडबाडमा दुःख सुख साटासाट तथा शुभकामना आदानप्रदान गर्दै आएको छ ।
प्रवासमा कार्यरत मोरङ्ग र सुनसरी जिल्लाका नेपालीहरुको अभिभावको रुपमा काम गरिरहेको यो संस्थाले परोपकारी , खेलकुद लगायतका गतिबिधीमा पहिलो स्थानमा रहेर काम गरिरहेकेा छ ।
चिरन्जिवी तिम्सिनाबाट

प्रतिक्रिया 4