+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कापी उद्योगमा आगो लाग्दा लाखाैंको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ७ गते १०:१०

७ कात्तिक, विराटनगर। मोरङमा गएराति बेग्लाबेग्लै स्थानमा आगलागी भएर १७ चौपाया र नगदसहित लाखौँ मूल्य बराबरका सम्पत्ति जलेर नष्ट भएका छन् ।

अमाहीवरियाती गाविसमा र विराटनगर–१५ स्थित एक कापी उद्योगमा आगलागी हुँदा ३६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अमाहीवरियातीमा गङ्गाप्रसाद मण्डलको घरमा गएराति ११ बजे बालिएका टुकीबाट आगो फैलिएर मण्डल र छिमेकी घरसमेत गरी पाँचवटा घर जलेर नष्ट भएका छन् ।

मण्डलले आफ्नो घरमा राखेका नगद  दुई लाखका साथै १७ वटा चौयाया जलेर नष्ट भएको छ । आगो नियन्त्रणका क्रममा मण्डल घाइतेसमेत भएका छन् ।

त्यसैगरी, विराटनगर–१५ स्थित चूडामणि दत्तको घर भाडा लिई लक्ष्मीनारायण साहले सञ्चालन गरेका कापी उद्योगमा विद्युत् चुहिएर आगलागी हुँदा २५ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

सो आगलागीमा परी कच्चा पदार्थ र मेसिनसमेत जलेर नष्ट भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?