+
+

सिराहामा  हतियारसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ८ गते १०:१८

 pakrau

 

८ कात्तिक, सिरहा । सिरहामा हतियारसहितका तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायव निरीक्षक शिवनारायण यादवको कमाण्डमा खटिएको गस्ती टोलीले शनिबार राति ८ बजेतिर जिल्ला सदरमुकाम समेत रहेको सिरहाको सिरहा नगरपालिका १ स्थित दुर्गा मन्दिर नजिक  शङ्कास्पद अवस्थामा तीन जना चढेर आउँदै गरेको मोटरसाइकल रोकेर चेकजाँच गर्दा प्रहरीले लुकाएर राखेको रिबल्वर पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका ८ का १७ वर्षीय राम यादव, अफरोज भनिने मोहमद तोहिद राइन र सिरहा नगरपालिका ७ का १८ वर्षीय सन्तोषकुमार मुखिया रहेका छन् ।

प्रहरीले शङ्का लागेर शरीर खानतलासी गर्दा अफरोजको साथबाट घरेलु निर्मित एक थान रिबल्वर पेस्तोल बरामद गरिएको जनाएको छ ।

प्रहरीले उनीहरु चढेको स २ प २२२३ नंम्बरको मोटरसाइकलसमेत बरामद गरी कारबाहीको प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए । पक्राउ परेकाहरु विरुद्ध हातहतियार तथा खरखजाना ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

मुकेशकुमार यादवबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?