११ कात्तिक, काठमाडौं । बुधबार मुलुकले दोस्रो राष्ट्रपति पाएको छ । सत्तारूढ दलका उम्मेदवार विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।
बुधबार विहान ११ बजे संसद सचिवालयको ल्होत्से हलमा गोप्य मतदान भएको थियो । तर, संविधानसभा भवन परिसरमा भने ९ बजेबाट नै चहल पहल सुरू भएको थियो ।
सत्तारूढ गठवन्धनले सभासदहरूको संयुक्त बैठक गरेर मतदानको तरिका समेत सिकाएको थियो । तर, अर्का उम्मेदवार कुलबहादुर गुरूङको पार्टी कांग्रेसले भने संसदीय दलको बैठक समेत राखेन ।
मतदानका लागि २ बजेसम्मको समय तोकिएको थियो । तर, समय अघि नै सभासदहरूले मतदान गरे । मतदान प्रक्रियामा सहभागी सत्तारूढ दलका सभासदहरू उत्साहित देखिन्थे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4