+
+
Shares

वीरगञ्जमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १६ गते १३:४९

Birganj-Vansar-ma-tanab-2

१६ कात्तिक, वीरगञ्ज । पर्साको वीरगञ्जमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । शंकराचार्य गेट नजिक प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो ।

शंकराचार्य गेट नजिक प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको पत्रकार श्याम सर्राफले जानकारी दिए । मृतकको सनाखत भएको छैन । उनको टाउकोमा गोली लागेको छ । सर्राफका अनुसार शव पनि प्रहरीले नै नियन्त्रणमा लिएको छ ।

हुलाक र प्रहरी चौकीमा आगजनी

वीरगञ्ज-रक्सौल जोड्ने मितेरी पुलमा प्रहरीले हस्तक्षेप गरी विहान मधेसी मोर्चाका कार्यकर्ताहरुलाई हटाएपछि स्थिति तनावपूर्ण बनेको थियो ।

मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जको हुलाक कार्यालय र महुवन प्रहरी चौकीमा आगजनी समेत गरेका छन् । उनीहरुले सडकका बिभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?