+
+
Shares

भारतले भन्योः वीरगञ्जमा ‘निर्दोष’ भारतीय मारिए

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १६ गते २३:२६

१६ कात्तिक, काठमाडौं । भारतले सोमबार वीरगञ्जमा प्रहरीसँग भएको झडपमा मारिएका आफ्ना नागरिक ‘निर्दोष’ रहेको दावी गरेको छ ।

भारतीय विदेशमन्त्री शुष्मा स्वराज
भारतीय विदेशमन्त्री शुष्मा स्वराज

सोमबार दिउँसो वीरगञ्जमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिकको मृत्यु भएको थियो । प्रहरीसँग भएको झडपमा उनी मारिएका हुन् ।

तर, भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै घटनामा आफ्नो निर्दोष नागरिकको ज्यान गएको बताएको छ ।

साथै नेपालको समस्या राजनीतिक प्रकृतिको भन्दै बल प्रयोग नगर्न घुमाउरो चेतावनी समेत दिएको छ । ‘वीरगञ्जमा आज भएको गोलप्रहारको घटनाबाट हामी गहिरो चिन्तामा छौं’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ-‘मुठभेडको अवस्था आउनुका कारणहरुलाई नेपालको सरकारले जिम्मेवारीपूर्वक र प्रभावकारी रुपमा सम्वोधन गर्नुपर्छ ।’

परिस्थितिलाई भारतले सावधानीपूर्वक नियालिरहेको विज्ञप्तिमा उल्लेख छ । विदेश मन्त्रालयको विज्ञप्ति आउनु अघि भारतीय राजदूत रणजीत रायले भारतको असन्तुष्टि व्यक्त गरिसकेका थिए ।

केही सम्पादकहरुसँगको छलफलमा भारतीय राजदूत रणजीत रायले पनि घटनाप्रति आश्चर्य जनाएका छन् । राजदूतले रायले भने-‘हिजोसम्म राम्रो वातावरण बनेको थियो । विहानै यस्तो घटना किन घट्यो दुःख लागेको छ ।’

नाकाबन्दी कडा हुने संकेत

भारतले सोमबारको घटनापछि नाकाबन्दी कडा हुन संकेत समेत गरेको छ । सीमा क्षेत्रमा भएको खराब अवस्थाबारे भारतीय ढुवानी व्यवसायीहरुले आवाज उठाएको भन्दै भारतीय विदेश मन्त्रालयले उनीहरुलाई आफूलाई जोखिममा नपार्न तथा सावधानी अपनाउन सल्लाह दिइएको बताएको छ ।

नेपालमा घोषणा भएको संविधानलाई लिएर असन्तुष्ट बनेको भारतले डेढ महिनादेखि अघोषित नाकाबन्दी गर्दै आएको छ ।

यो पनि पढ्नुस्

वीरगञ्जमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

मधेस आन्दोलनमा भारतीय संलग्नता प्रमाणित

वीरगञ्जमा तनाव बढ्दा ‘इण्डिया हाउस’ मा यस्तो चिन्ता

वीरगञ्ज नाकामा यसरी फस्यो नेपाल

सरकारसँगको वार्ता भङ्ग हुन सक्ने मधेसी मोर्चाको चेतावनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?