१६ कात्तिक, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगञ्ज घटनामा सरकारले अमानवीय दमन गरेको बताएको छ । साथै यसले सरकारसँगको वार्ता भंग हुन सक्ने चेतावनी दिएको छ ।
मधेसी मोर्चाले विज्ञप्ति निकालेर सरकार वार्ताप्रति कहिल्यै गम्भीर रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ । सरकारले वार्तालाई रणनीतिका रुपमा अख्तियार गरी चरम दमन गर्न उत्रिएको देखिन्छ’ मोर्चाले भनेको छ-‘उपरोक्त घटनालाई हेर्दा वार्ता र सम्वाद नै समाप्त वार्ने सरकारी षड्ष्न्त्र उद्धत रहेको देखिन्छ ।’
मधेसी मोर्चाले जिम्मेजार ढंगले प्रस्तुत गर्न र वातावरणलाई सहज बनाउन सरकारलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment


प्रतिक्रिया 4