+
+

फेसबुकमा आए अमेरिकी राष्ट्रपति ओबामा

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २४ गते १४:५५

president-obama-facebook

अब जो कोहीले अमेरिकी राष्ट्रपति बाराक ओबामासँग सम्पर्क गर्न सक्नेछन् । उनको फेसबुक वालमा म्यासेज लेख्न सक्नु हुनेछ र उनलाई लाइक वा शेयर गर्न पनि सकिनेछ ।

अमेरिकी राष्ट्रपति ओबामाले ‘प्रेसिडेन्ट ओबामा’ नामबाट फेसबुक अकाउन्ट खोलेका छन् । यो पहिलाबाट चलेको फेसबुक अकाउन्ट ‘बाराक ओबामा’ भन्दा फरक हो ।

ओबामाले आफ्नो पहिलो पोष्टमा लेखेका छन्-हलो फेसबुक । मैले आफ्नै पेज पाएको छ । मलाई लाग्छ यहाँ हामी आफ्नो देशको सबैभन्दा महत्वपूर्ण मुद्धामा कुराकानी गर्न सक्छौं । यहाँ तपाई सिधै मलाई सम्पर्कमा रहन सक्नुहुन्छ र आफ्नो विचार व्क्त गर्न सक्नुहुन्छ ।’

ओबामाले जलवायु परिर्वतनबारे सुझाव मागेका छन् । ओबामाले एक भिडियो पनि अपलोड गरेका छन्, जसमा हृवाइट हाउसको पछाडि घुमिरहेको र कुराकानी गरिरहेको देखिन्छन् ।’

फेसबुकका प्रमुख मार्क जुकरबर्गले प्रेसिडेन्ट ओबामाको बालमा केही लेखेर स्वागत गरेका छन् । उनले लेखेका छन्-‘मलाई खुसी लागेको छ कि तपाई यो कम्युनिटीमा सामेल हुनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?