Comments Add Comment

पेरिस आक्रमणको विश्वभरमा निन्दा

Peris
२८ कात्तिक, काठमाडौं । पेरिसमा भएको गोलाबारी र विस्फोटले फ्रान्समा फेरि एक पटक आतंकको त्रास फैलिएको छ । अहिलेसम्म १२० भन्दा बढीको मृत्यु भएको छ ।

घटनाको जिम्मेवारी अहिलेस्म्म कुनै समूहले लिएको छैन । तर, चरमपन्थी संगठन इस्लामिक स्टेट आईर्एसको हात रहेको आशंका गरिएको छ ।

पेरिस आक्रमणपछि आईएसका समर्थकहरुले समाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् ।

घटनाको विश्व समुदायले निन्दा गरेका छन् । साथै फ्रान्सलाई सबै प्रकारको सहयोग गर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आक्रमणको निन्दा गरेका छन् र यसलाई कायरतापूर्ण कारबाही भनेका छन् । यो मानवतामाथिकै आक्रमण भएको भन्दै ओबामाले अमेरिका पूर्ण रुपमा फ्रान्सको साथमा रहेको बताए ।

बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले ट्वीट गर्दै पेरिस घटनाले आफू स्तब्ध भएको बताए । आफूहरु फ्रान्सका जनताको साथमा रहेको भन्दै उनले आवश्यक सबै सहयोग गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment