+
+
Shares

केप भर्डे-उरुग्वे खेलका ६४ हजार दर्शक, केन्द्रमा भोजिन्हाकी आमा

विश्वकप फुटबलमा केप भर्डे र उरुग्वेबीचको खेल हेर्न मियामी स्टेडियममा ६४ हजार दर्शक उपस्थित भए पनि धेरैको ध्यान केप भर्डेका गोलकिपर भोझिन्हाकी आमा आना क्यान्डिडा एभोराले तानिन् । भिसाको उल्झन सुल्झाएर २४ घण्टाभन्दा लामो यात्रा तय गरी उनी स्टेडियममा पुगेकी थिइन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मियामी स्टेडियममा ६४ हजारभन्दा बढी दर्शक उपस्थित खेलमा केप भर्डे र उरुग्वेले २–२ गोलको बराबरी खेलेका छन् ।
  • भिसा समस्या सुल्झिएपछि केप भर्डेका गोलकिपर भोझिन्हाकी आमा आना क्यान्डिडा एभोराले छोराको खेल मियामी स्टेडियमको विशेष कक्षबाट हेरिन् ।
  • स्पेनसँगको खेलपछि भाइरल भएका गोलकिपर भोझिन्हाको इन्स्टाग्राम फलोअर संख्या उरुग्वेसँगको खेल शुरू हुँदासम्म १ करोड ५० लाख पुगेको छ ।

८ असार, काठमाडौं । आइतबार राति केप भर्डे र उरुग्वेबीच २–२ को बराबरी भएको खेल हेर्न मियामी स्टेडियममा ६४ हजार भन्दा धेरै दर्शक उपस्थित थिए । तर त्यहाँ सबैभन्दा प्रेरणादायी कथा बोकेर आएकी व्यक्ति भने केप भर्डेका गोलकिपर भोझिन्हाकी आमा आना क्यान्डिडा एभोरा थिइन् ।

एभोरा शुक्रबार मियामी आइपुगेकी थिइन् । उनले सप्ताहान्तमा आफ्ना छोरासँग पुन: भेटिन् र आइतबारको खेल मियामी स्टेडियमको एक विशेष कक्ष (सुइट)मा बसेर हेरिन् । यो खेलमा केप भर्डे र उरुग्वेले बराबरी खेले ।

उनी स्पेनविरुद्धको पहिलो बराबरी खेलमा उपस्थित हुन सकेकी थिइनन्, किनकि उनलाई अमेरिकाको भिसा प्राप्त भएको थिएन । मिडियाभरी भोजिन्हाको सनसनीपूर्ण प्रदर्शन र उनकी आमाको अनुपस्थितिको समाचार छायो ।

सम्भवत: त्यसैको प्रभावले हुन सक्छ उनकी आमा विश्वकप फुटबलमा आफ्नो देशका लागि छोरा खेलिरहेको क्षण प्रत्यक्ष हेर्न अमेरिका आउन पाइन् । उनले केप भेर्डे र उरुग्वेविरुद्धको खेल स्टेडियमकै विशेष कक्षमा बसेर हेर्न पाएको र खेल सकिएपछि एकअर्कालाई अँगालो हालेको दृष्य साँच्चिकै भावुक थियो ।

एभोरा आइतबार केप भर्डेको झण्डा बोकेर स्टेडियम प्रवेश गरेकी थिइन् । उनले आफ्को छोराको नाम र जर्सी नम्बर लेखिएको टिसर्ट लगाएकी थिइन् । उनलाई खेल हेर्न विशेष कक्षमा पुर्‍याइएको थियो ।

केप भेर्डे र उरुग्वेले दुई–दुई गोलको बराबरी खेले । यद्यपि ४० वर्षका भोजिन्हाले आइतबार कुनै पनि बचाउ (सेभ) गर्नुपरेन तर उनकी आमाको उपस्थितिले खेलको कथा अझ भावनात्मक बनायो । खेल सकिएपछि उनले आफ्नो देशको राष्ट्रिय झण्डा हल्लाइन् र छोराले दर्शकतर्फ अभिवादन गरिरहँदा उत्साहित हुँदै प्रतिक्रिया दिइन् ।

‘म सबै फ्यानहरूलाई धन्यवाद दिन चाहन्छु, (भिसा) प्रक्रियामा सहयोग गर्ने सबैलाई, विशेषगरी केप भर्डेलाई,’ भोजिन्हाकी आमा एभोराले फिफाको भिडियो सन्देशमा भनेकी छन्, ‘हामी सबै केप भर्डे राम्रो खेलोस् र मैदानमा चम्कियोस् भन्ने चाहन्छौं ।’

भिसा समस्याको समाधान मुख्य रूपमा अमेरिकी विदेश मन्त्रालय, फिफा, अमेरिकी सांसदहरू र केप भर्डे फुटबल संघको प्रयासपछि सम्भव भएको बताइएको छ । उनी शुक्रबार दिउँसो २४ घण्टाभन्दा बढी यात्रा गरेर केप भर्डेबाट मियामी पुगेकी थिइन् ।

फिफाले उनलाई सप्ताहान्तभर फ्लोरिडामा रहेको आफ्नो प्रतियोगिता मुख्यालयमा पनि अतिथि रूपमा राखेको थियो ।

केप भर्डेका गोलकिपर भोझिन्हाकी आमा आना क्यान्डिडा एभोरा (बीचमा)

भोझिन्हाका इन्स्टाग्राम फलोअरहरू स्पेनसँगको खेलसम्म करिब ५० हजार थिए । तर उरुग्वेसँगको खेल सुरु हुँदा उनी १ करोड ५० लाख (१५ मिलियन) पुगेका थिए ।

स्पेनसँगको खेलपछि उनी भाइरल भएका थिए । आँसु झार्दै आफ्ना दिवंगत हजुरबा–हजुरआमाले विश्वकप हेर्न पाएको भए राम्रो हुन्थ्यो भन्ने भावुक टिप्पणी गरेका थिए, साथै आफ्नी आमाको भिसा समस्या पनि समयमै समाधान नभएको दु:ख व्यक्त गरेका थिए । त्यसपछि उनकी आमालाई अमेरिका ल्याउने प्रयास तत्काल सुरु गरिएको थियो ।

यो बराबरी र गोलकिपर तथा उनकी आमाको कथाले केप भर्डे टोलीलाई विश्वभरको ध्यान खिचेको छ ।

अब शुक्रबार ह्युस्टनमा साउदी अरेबियासँग निर्णायक खेल हुनेछ । यदि केप भर्डे अगाडि बढ्यो भने, राउन्ड अफ ३२ मा पुन: मियामी गार्डेन्स फर्किन सक्ने सम्भावना छ, जहाँ उनीहरू लियोनेल मेस्सी र डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग खेल्न सक्छन् ।

केप भर्डेका डिफेन्डर पिको लोपेसले त्यो सपना पूरा हुने सम्भावना रहेको बताएका छन् । उनले भनेका छन्, ‘तपाईंले देखेको सपना पूरा हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?