२८ कत्तिक, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार भएको आक्रमणमा केही मानिस मुस्किलले बचे । यो आक्रमणमा १२८ जनाको मृत्यु भएको छ ।
सबैभन्दा ठूलो आक्रमण मध्य पेरिसको बाटाकालान कन्सर्ट हलमा भएको थियो । जहाँ चार चरमपन्थीले आक्रमण गरेका थिए । त्यहाँ मात्र ८० जनाको मृत्यु भएको छ ।
फ्रेन्च भाषाको टीभी च्यानल आईटेलीमा एक व्यत्तिले अन्तरवार्ता दिएका छन्, जो स्टेट दी फ्रान्स (नेशनल स्टेडियम) बाहिर विस्फोट भएको समयमा त्यहाँ थिए ।
सिलवेस्टर नाम गरेका यस व्यक्ति बताए अनुसार उनलाई मोबाइल फोनले बताएको छ । फोनले उनलाई बमको छर्राबाट घाइते हुन बचाएको छ ।
उनका अनुसार छालाको ज्याकेटले बमको टुक्राको तिव्रता कम गर्न मदत गरेको थियो ।
फ्रान्स सरकारले आक्रमणमा बचेका मानिसहरुको काउन्सलिङका लागि एक विशेष केन्द्र लगेको छ, जहा मनोवैज्ञानिकहरुले उनीहरुलाई काउन्सलिङ गर्नेछ ।
काउन्सलिङपछि केही मानिस ट्याक्सी चढेर घर फर्किएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया 4