+
+

अनमोलले झुटो बोले या साँचोः आनासँग थिएन प्रेम, हालसम्म एक्लै

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २९ गते १५:५३

anmol-and-ana
नायक अनमोल केसी प्रेम सम्बन्धको चर्चाबाट टाढा जान सकेका छैनन् । अनमोल चलचित्र क्षेत्रमा आएदेखि नै उनको प्रेम सम्बन्धले पनि स्थान पाएको छ । चकलेटी नायक केसीका यूवती फ्यान त प्रशस्त छन् । तर, अनमोलको नाम ‘जेरी’ नायिकासँग खुबै जोडियो ।

अनमोल र नायिका आना शर्मा गहिरो प्रेममा रहेको चर्चा चल्यो । दुबैले आफूहरुलाई एक मिल्ने साथीको रुपमा परिचित गराएपनि प्रेमी र प्रेमिका भनेर स्विकार गरेनन् ।

हुनत, यूवतीमाँझ लोकपि्रय नायक केसीले प्रेमिका भएको सार्वजनिक गर्दा उनलाई फ्यान घट्ने डर हुनसक्छ । लामो समयदेखि आनासँग प्रेम सम्बन्धमा रहेको चर्चा चलेपनि अनमोलले मुख खोलेनन् । तर, अनमोल निकट चलचित्रकर्मी भन्छन् उनी र आना गहिरो प्रेम सम्बन्धमा थिए । तर, अहिले यी दुई अलग भैसकेका छन् ।

अनमोल भने यो कुरा मान्न तयार छैनन् । उनले आना र आफूविच कहिल्यै पनि प्रेम सम्बन्ध नरहेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै अनमोलले आना र आफू नजिकको साथी भएपनि प्रेम सम्बन्धमा भने कहिल्यै नरहेको बताएका हुन् । उनले आनालाई आफूले जन्मदिनमा पनि बोलाएको बताउँदै भने-‘म आजसम्म एक्लै छु, प्रेम सम्बन्धमा परेकै छैन । म करिअरमा फोकस गरिरहेको छु ।’

मिडियामा श्रोतको हवाला दिदै आएका खबरलाई मान्ने हो भने अनमोल फ्यान घट्ने डरका कारण आफूलाई प्रेमको छायाँबाट टाढा राख्दैछन् । तर, के उनी आनाको बिषयमा साँचो बोल्दैछन् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?