+
+
Shares

देशवासीलाई प्रधानमन्त्रीको सम्बोधन-आवश्यकताका आधारमा प्रादेशिक सीमा परिर्माजन

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २९ गते १८:१३

Pm Kp Sharma oli
२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको सीमांकन आवश्यकता र अनुभवका आधारमा परिर्माजन गर्न सकिने बताएका छन् ।

आइतबार देशवासीलाई सम्बोधन गर्दै ओलीले भने-‘आन्दोलनरत दलहरुको समझदारीका आधारमा संविधान संशोधन विधेयक अघि बढाउन र प्रादेशिक सीमाबारे छलफल गर्न सकिन्छ ।’

उनले दलहरुबीच राजनीतिक सहमतिलाई संविधान संशोधनमार्फत संवैधानिक व्यवस्था गरिने भन्दै वार्तालाई निष्कर्षमा पुर्‍याउन आन्दोलनरत पक्षलाई आग्रह गरे । उनले जुन समुदाय र क्षेत्रका लागि भनेर आन्दोलन गरिएको, उनीहरुले नै बढी दुःख पाएको बताए ।

प्रधानमन्त्री ओलीले भारतले गरेको अघोषित नाकाबन्दी अमानवीय भएको बताए । उनले आन्तरिम समस्या समाधन गर्न नेपाल सक्षम रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?