+
+

६८ नेपाली विरुद्ध इन्टरपोलको रेडकर्नर नोटिस जारी

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते ६:३१

Interpol३० कात्तिक, काठमाडौं । अमेरिकामा गम्भीर अपराध गरेर फरार भएका पाँच नेपालीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेको छ । विभिन्न मितिमा अपराध गरेका नेपालीविरुद्ध जुनसुकै देशमा पनि पक्राउ गर्नसक्ने गरी रेडकर्नर नोटिस जारी भएको हो ।

पछिल्लोपटक नेपाली युवक उमेश सापकोटाविरुद्ध अमेरिकन प्रहरीको सिफारिसमा रेडकर्नर नोटिस जारी भएको छ । एक महिलालाई सहयोग गर्ने बहानामा उनको अपार्टमेन्टमा पुगी महिलाको बच्चालाई एउटा कोठामा थुनेर उनले बलात्कार गरेको प्रहरीको दाबी छ । उनी २० मार्च २०१४ मा पक्राउ परेकोमा १० अप्रिल २०१४ मा छुटेका थिए । उनको शरीरमा ट्रयाक गर्न मिल्ने गरी मोनिटर राखिएकोमा उक्त मोनिटर नचल्ने बनाएर उनी फरार भएका हुन् ।

ट्राभिस राज्यको अदालतले ७ मे २०१४ मा उनीविरुद्ध वारेन्ट जारी गरेकोमा २१ जनवरी २०१५ मा रेडकर्नर नोटिस जारी भएको हो । त्यस्तै, अन्य चारजना नेपाली पहिलेदेखि नै अमेरिकामा रेडकर्नर नोटिसमा परेका छन् । मदिरा पिएर गाडी चलाउँदा दुर्घटनामा परी एकजनाको मृत्यु भएको अपराधमा साजन तिमल्सिना पाँच वर्षदेखि रेडकर्नर नोटिसमा छन् ।

एक महिलालाई चिठ्ठा नपरेको भनेर झुक्याएर उनलाई परेको चिठ्ठाको रकम आफूले लिएर ठगी गर्ने पंकज जोशीविरुद्ध पनि रेडकर्नर नोटिस जारी भएको पाँच वर्ष भइसकेको छ । उनको बारेमा नेपालमा समेत अनुसन्धान भएको थियो । उनले अमेरिकाबाट पठाएको केही पैसा अहिलेसम्म रोक्का छ । बालबालिकालाई यौन दुव्र्यवहार गरेको अपराधमा अभिषेक सिंह तथा लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा जोन गुरुङलाई पनि अमेरिकन प्रहरीको सिफारिसमा रेडकर्नर नोटिस जारी भएको नयाँ पत्रिकामा खबर छ ।

भारतमा २५, युएईमा १५

भारतमा विभिन्न अपराधमा संलग्न २५ जना नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ । राजेशबहादुर, चक्रसिंह टुनकारी, देवी ओली, वीरेन्द्रबहादुर थापा, इन्द्रबहादुर चित्र साभात, शिवराज चन्द शर्मा, नान्नु मगर, राजबहादुर शाही, खुमराज थापा, भिने दमाईं, विपिन विष्ट, टासी छिरिङ, तुलराम बहादुर, हरिहर भुसाल, राजेश क्षेत्री रेडकर्नर नोटिसमा छन् । तासिर साह, शिवशंकर प्रसाद, राजेशबहादुर, रमेशबहादुर, कृष्णबहादुर औजी, प्रेम सिंह, मनोज करनलगायत पनि रेडकर्नर नोटिसमा छन् ।

युएई प्रहरीको सिफारिसमा १५ जना नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ । युएईमा रेडकर्नर नोटिसमा पर्नेमा जितबहादुर, सन्तोष खड्का, सन्तोष शाक्य, चुणामणि फुँयाल, नाम्चु नामचन्द्र, राम महत, रमेश स्वाँर, उमेश अधिकारी, रोहन प्रसाईं, दुर्गा शिवाकोटी, रवि श्रेष्ठ, लक्ष्मण सापकोटा, सिद्धार्थ शाही, अर्जुन सुनार र समीर राई छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?