+
+

बन्द हुनथाले किराना पसल

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते ७:२६

kirana-pasal
३० कात्तिक, भक्तपुर । दैनिक उपभोग्य सामग्रीको अभावसँगै भक्तपुरको जनजीवन कष्टकर बन्न थालेको छ । नुन, तेल, चिनी, चामलसँगै स्याम्पू, चाउचाउ, लगायतका अधिकांश खुद्रा सामग्रीको बजारमा अभाव देखिएको छ ।

खुद्रा व्यापार संघ केन्द्रीय महासचिव राजकुमार श्रेष्ठका अनुसार यो समस्या भक्तपुरमा मात्रै नभई काठमाडौं उपत्यकामानै रहेको छ । नुन, तेल मात्रै नभई अधिकांश खाद्यवस्तुको विशेष अभाव भएको उनले बताए ।

खुद्रा व्यापारी रामकृष्ण भैलको भनाइमा दैनिक उपभोग्य सामग्रीको अभावमा अहिले किराना पसल बन्द हुने अवस्थामा पुगिरहेका छन् । नयाँ सामान आउन बन्द भएपछि पसल नै बन्द गर्नुपर्ने अवस्था रहेको नागरिक दैनिकमा खबर छ ।

बजारमा सामानको अभाव बढेपछि सामानको मूल्य बढ्नुका साथै बढि मूल्य तिर्दा पनि बजारमा सामान पाउन मुस्किल भएको स्थानीयबासीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?