३० कात्तिक, मोरङ । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले आइतबार मोरङ क्षेत्र नम्बर-१ का एमाले सांसद ऋषिकेश पोखरेल र केन्द्रीय सदस्य महफुज अन्सारीमाथि मोरङको झुर्कियामा आक्रमणको प्रयास गरेका छन् ।
एमाले क्षेत्रीय कमिटीले झुर्कियाको पैयामारी प्राविमा आयोजना गरेको शुभकामना आदान-प्रदान तथा संबिधानको अन्र्तरवस्तुका बारेमा कार्यकर्तालाई जानकारी दिने कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा सहभागी भएर र्फकने क्रममा सांसद पोखरेल र केन्द्रीय सदस्य अन्सारीलाई मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् ।
ढुंगाले लागेर सभासद चढेको बा १३ च ३१४० नम्बरको बोलेरो जीपको सिसा फुटेको छ । सभासद पोखरेल र केन्द्रीय सदस्य अन्सारी भने सकुशल छन् ।
आक्रमणबाट एमाले जिल्ला सचिवालय सदस्य रामलाल साहलाई सामान्य चोट लागेको छ । आफूहरुमाथि मधेसी मोर्चाका नेता विनोद सिंह, उदय यादव र हरि साहले नेतृत्व गरेको ४० र ५० जनाको समूहले आक्रमण गरेको सांसद पोखरेलले बताए ।
आक्रमणकारीलाई कारवाहीको माग गर्दै एमालेले इलाका प्रहरी कार्यालय सिजुवामा उजुरीसमेत दर्ता गराएको छ ।
एमाले मोरङका अध्यक्ष महेश रेग्मीले घटना निन्दनीय भएको बताए । घटनामा संलग्न मोर्चाका कार्यकर्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच आक्रमणको बिरोध गर्दै एमालेले सोमबार सिजुवाको आम्बारी चोकमा बिरोध प्रदर्शन गर्ने जनाएको छ ।
-तेजन खड्काबाट
प्रतिक्रिया 4