+
+

लमहीको महेन्द्र बस्त्रालयमा आगो लाग्यो, लाखौं क्षति

३० कात्तिक, लमही । दाङको लमही नगरपालिका ११ स्थित महेन्द्र बस्त्रालयमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । पसल र गोदाममा आगो लाग्दा लाखौं मूल्य बराबरको कपडा जलेर नष्ट भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते ११:०६

Lamahi-Aaglagi

दशरथ घिमिरे
३० कात्तिक, लमही । दाङको लमही नगरपालिका ११ स्थित महेन्द्र बस्त्रालयमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । पसल र गोदाममा आगो लाग्दा लाखौं मूल्य बराबरको कपडा जलेर नष्ट भएको हो ।

सोमबार विहान अचानक गोदामबाट आगो सल्किएको थियो । आगोले घरमा रहेका लत्ता कपडा, धनमाल जलेको पसल सञ्चालक महेन्द्र गुप्ताले जानकारी दिए । गोदाममा कपास र कपडा थिए ।

आगो भित्रि कोठावाट सल्कीएकाले नियन्त्रणमा लिन समस्या परेको प्रहरीले जनाएको छ । लमही नगर विकास समितिको दमकलको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले आगो निभाएका छन् । सेना, प्रहरी र स्थानीयले आगो लागेको पसल जोडिएका बजारका अन्य पसलहरुमा आगो सल्किनबाट जोगाए । उनीहरुले घरको भित्ता फोडेर आगो निभाएका थिए ।

कसरी आगो लाग्यो भन्नेबारे केही खुलेको छैन । प्रहरीले विद्युत सर्ट भएर आगो लागेको अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?