३० कात्तिक, साउदीअरब । रोजगारीका सिलसिलामा साउदी अरब आएका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । पर्वत थानामौला–२ का २५ वर्षीय सुनिल नेपालीको बिहीबार राति हृदयघातका कारण कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो ।
मृतक नेपाली साउदीको जुबेलस्थित ओल्यान डिस्कोन कम्पनीमा सहायकका रुपमा कार्यरत थिए । कामबाट फर्केर राति खाना खाएर सुतेका नेपालीको रातको १ बजे मृत्यु भएको सोही कम्पनीमा कार्यरत अजय विकेले जानकारी दिए ।
चार महिनाअघि मात्र विवाहबन्धनमा बाँधिएका नेपाली दुई महिनाअघि ‘मिडल इस्ट मेनपावर कम्पनी’ मार्फत ‘टिटिसी सप्लाई कम्पनी’ मा कामदारका रुपमा साउदी अरब आएका थिए ।
उनको शव जुबेलस्थित सेन्ट्रल अस्पतालको शव गृहमा राखिएको छ । नेपालीको मृत्यु भएको विषयमा दूतावासलाई जानकारी गराइएकोे र उनको शव जतिसक्दो छिटो स्वदेश पठाउने पहल भइरहेको विकेले बताए । रासस
प्रतिक्रिया 4