Comments Add Comment

कांग्रेसले बोलायो प्रमुख दलहरुको बैठक, संविधान संशोधन प्रस्ताव अघि बढाउन दबाव दिने

५ मंसिर, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आज प्रमुख दलहरुको बैठक बोलाएको छ ।

Congress-Flagआफ्नो नेतृत्वको सरकार दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउन दबाव दिइरहेका कांग्रेसले सत्तारुढ प्रमुख दलहरुलाई छलफलमा बोलाएको छ । अहिले केहीबेरमा राज्य व्यवस्था समितिको हलमा बैठक बोलाइएको कांग्रेस प्रवक्ता दिलेन्द्र बडूले जानकारी दिए ।

कांग्रेस नेतृत्वको अघिल्लो सरकारले समानुपातिक समावेशी सुनिश्चितता र जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र
निर्धारणसम्वन्धी संविधान संशोधन विधेयकम संसदमा दर्ता गरेको छ ।

तर, तराई मधेसमा आन्दोलनरत दलहरुले स्वीकार नगरेको र वार्ता चलिरहेको भन्दै एमाले नेतृत्वको नयाँ सरकारले त्यसलाई अघि बढाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment