Comments Add Comment

रुपन्देहीको गल्लामण्डीबाट ठूलो परिमाणमा खाने तेल बरामद

Tel-Baramad

  • बरामद भएको तेलका कार्टुन भ्यान र ट्रकमा राख्दै प्रहरी

८ मंसिर, काठमाडौं । रुपन्देहीको सिद्धार्थ नगरपालिका ६ स्थित गल्लामण्डीमा रहेको न्यू पबित्र स्टोरबाट प्रहरीले ठूलो परिमाणमा खाने तेल बरामद गरेको छ ।

लुकाएर भण्डारण गरिएको अवस्थामा प्रहरीले नेपाली र भारतीय ब्राण्डमा तेलहरु बरामद गरेको हो । उक्त स्टोर सिद्धार्थनगर उद्योग वाणिज्य संघका सचिव नेत्र आचार्यको हो ।

भारतीय नाकाबन्दीका कारण व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गर्ने र चर्को मूल्यमा बिक्री गर्ने गरिरहेकाबेला रुपन्देही प्रहरीले गल्लामण्डीमा छापा मारेको थियो । गल्लामण्डी रुपन्देहीको प्रमुख ब्यापारिक केन्द्र मध्येको एक हो ।

आचार्यले ठूलो परिमाणमा तेल भण्डारण गरेको भनेर मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रहरीलाई सूचना दिएको बताइएको छ । प्रहरीले बरामद गरेका तेल करिब ५-७ सय कार्टुन भएको अनुमान छ ।

प्रहरीले छापा हानेपछि गल्लामण्डीका अरु पसल धनिहरुले आफ्ना पसलहरु बन्द गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment