+

पीएसजीलाई १६ अंकको अग्रता

२०७२ मंसिर  १३ गते ७:४८ २०७२ मंसिर १३ गते ७:४८
पीएसजीलाई १६ अंकको अग्रता

Paris-St-Germain

१३ मंसिर, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सको लिग १ फुटबलमा १६ अंकको अग्रता लिएको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले अंक तालिकाको पुछारमा रहेको ट्रोयसलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

पीएसजीको पार्क डे पि्रन्सेसमा खेल सुरु हुनुअघि मैदानमा फ्रान्सको झण्डा प्रदर्शन गरिएको छ । साथै पेरिस आक्रमणमा ज्यान गुमाएकाहरुको सम्झौतामा मौनधारण समेत गरिएको थियो ।

खेलको २० औं मिनेटमा घरेलु टोलीका लागि काभानीले गोल गरे । पीएसजीले बाँकी तीन गोल भने दोस्रो हाफमा गरेको थियो ।

५८ औं मिनेटमा जाल्टन इब्राहिमोभिचले पेनाल्टीमा गोल गरे भने ६७ औं मिनेटमा कुर्जावा र ८४ औै मिनेटमा अगस्टिनले गोल गर्दै पीएसजीलाई ४-० को अग्रता दिलाए । ट्रोयसका लागि खेलको अन्तिम मिनेटमा आयासारले सान्त्वना गोल गरे ।

जितपछि पीएसजी १५ खेलबाट ४१ अंकसहित शीष्र्न स्थानमा छ भने दोस्रो स्थानमा रहेको एंगर्सको २६ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय