+
+

संविधान संशोधन नै तराई आन्दोलन र नाकाबन्दीको समाधानको उपायः आचार्य

१३ मंसिर, ताप्लेजुङ । नेपाली कांग्रेसका नेता नरहरि आचार्यले संविधान संशोधननै नेपालमा जारी राजनितिक समस्याको समाधान भएको बताएका छन् ।

स्थानीय शान्ति समितिले आयोजना गरेको कार्यक्रमा सहभागि हुन ताप्लेजुङ पुगेका आचार्यले आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मधेस आन्दोलन र भारतले गरेको अघोसित नाकाबन्दीको समाधानको अन्तिम विकल्पनै संविधान संशोधन भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते १२:०७

Narahari-Acharya

रविन भट्टराई
१३ मंसिर, ताप्लेजुङ । नेपाली कांग्रेसका नेता नरहरि आचार्यले संविधान संशोधननै नेपालमा जारी राजनितिक समस्याको समाधान भएको बताएका छन् ।

स्थानीय शान्ति समितिले आयोजना गरेको कार्यक्रमा सहभागि हुन ताप्लेजुङ पुगेका आचार्यले आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मधेस आन्दोलन र भारतले गरेको अघोसित नाकाबन्दीको समाधानको अन्तिम विकल्पनै संविधान संशोधन भएको बताए ।

संसदमा दर्ता भएको विधेयकले मधेस आन्दोलन समाधानका लागि सहमतिको वातावरण बनाउने काम गर्ने भन्दै आचार्यले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी सिद्धान्त अनुसार प्रतिनिधित्व हुने व्यवस्थासम्वन्धी संविधान विधेयकलाई अघि बढाउन सरकारलाई आग्रह समेत गरे ।

विधेयक अघि बढे सीमांकनको बिषयमा छलफल गरेर समाधान खोज्न सकिने भन्दै उनले संविधान संशोधनको विषयलाई कांग्रेशले पछिल्लो समय मुख्य रुपमा उठाउँदै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?