Comments Add Comment

खाने तेलको कालोबजारी गर्ने उद्योगलाई कारवाही भएन

Oil, tihar 2072१४ मंसिर, काठमाडौं । अभावको मौका छोप्दै खानेतेलमा अप्रत्यासित मूल्यवृद्धि गरेका तेल उद्योग माथि अनुसन्धान गर्न सरकारी निकायले बेवास्ता गरेका छन् ।

विभिन्न कारण देखाएर अस्वभाविक मूल्यमा तेल बेचिरहेका उद्यागमाथि कारवाही प्रक्रिया अघि बढाउन वाणिज्य विभाग सहितका सरकारी निकाय इच्छुक नदेखिएका हुन् ।

बजारमा मनपरी मूल्यमा खानेतेल बेच्ने ६ वटा उद्योगहरुलाई तिहारअघि नै वाणिज्य विभागले स्पष्टीकरण सोधेपनि अनुसन्धान र कारवाही गर्ने कारवाही प्रक्रिया अघि बढाउन ढिलाइ भएको छ ।

विभागले धारा ब्राण्डको तेल उत्पादक केएल दुगड गु्रप र कुसुम तेल मिल लगायत उद्योगलाई स्पष्टीकरण सोधेको थियो । विभागले सबै कम्पनीको विवरण खुलाउन चाहेको छैन । विभाग निरिह देखिएपछि बजारमा खानेतेलको मूल्य अझै असमान्य रुपमा बढिरहेको छ ।

‘हामीले तेलको मूल्य अप्रत्याशित र अस्वभाविक रुपमा बढाएको बारे स्पष्टीकरण लिइसकेका छौं’ वाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेले भने-‘उनीहरुले कच्चा तेल र तेलजन्य कच्चा पदार्थ ल्याउँदा बिलम्ब शुल्क लगायत विभिन्न जरिवाना रकम तिरेका कारण तेलको मूल्य बढ्यो भनेका छन् । त्यसबारे हामी उनीहरुसँग आज नै छलफल गर्दैछौं ।’

विभागले भन्सार बिन्दुमा कति मूल्य र लागतमा तेल भित्रिएको भनेर अनुसन्धान गर्ने तत्तपरता नदेखाउँदा अभावको मौकामा उद्यागहरुले करोडौं रकम कालोबजारी गरेरै कमाएको वाणिज्य सरकारी अधिकारी नै बताउँछन् ।

तोरीको तेल प्रतिलिटर २ सय ८० रुपैयाँसम्म बिक्री भएको भेटिएको छ । यसैगरी सूर्यमूखी तेल लिटरको २ सय ७० रुपैयाँसम्म किनबेच भएको छ । सोयाबिन तेल पनि प्रतिलिटर २ सय ६० रुपैयाँसम्म बेचिएको छ ।

‘उद्योगीले लागत बढेका कारण मूल्य बढ्यो भनेपनि समस्या त्यो भन्दा अगाडि छ ।’ उद्योगले बदमासी गरेको संकेत गर्दै निर्देशक बेल्वासेले भने-‘यसबारे अनुसन्धान गरेर मात्रै के भएको भन्ने निश्कर्ष निकाल्न सकिन्छ ।’  बजारमा अभावको कारण देखाउँदै खानेतेलमा झण्डै ३३ देखि सतप्रतिशतसम्म कृत्रिम मूल्यवृद्धि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment