२४ मंसिर, रोल्पा । रोल्पाको पाङमा लु १ च ५६२५ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । सुलिचौरबाट पाँङका लागि छुटेको जीप बुधवार राति ९ बजेतिर पाङ-८ लालुबाङ भन्ने स्थानमा सडकबाट झण्डै ४० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा पाङ-९ का १७ वर्षीय गणविर खत्री र गुम्चालका २५ वर्षीय सेते भनिने जीप सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए ।
घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरुलाई सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । जीपका चालक फरार भएकाले खोजी भैरहेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
बारामा मोटरसाइकल चालकको मृत्यु
यसैबीच बाराको गढिमाई नगरपालिका-३ मा विहीबार विहान टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
साखः स्टिल उद्योग अगाडि बा १० च २०७३ नम्बरको टिप्परले विहान ६ बजेतिर ना २ प ६०८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बारा रामपुर-३ बस्ने ३५ वर्षीय रमेश साहको मृत्यु भएको हो ।

प्रतिक्रिया 4