+
+
Shares

आईटी सम्बन्धी नयाँ पाठ्यक्रमको बहस सुरु

सूचना प्रविधि(आईटी) क्षेत्रमा बजारको मागअनुसार जनशक्ति उत्पादन गर्न सघाउ पुर्‍याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १५:५९

५ जेठ, काठमाडौं । सूचना प्रविधि(आईटी) क्षेत्रमा बजारको मागअनुसार जनशक्ति उत्पादन गर्न सघाउ पुर्‍याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ । नेपाल खुला विश्वविद्यालयसँगको सहकार्यसहित ‘स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसी) र स्वीस कन्ट्याक्ट’को वित्तीय तथा प्राविधिक सहयोगमा नयाँ पाठ्क्रम निर्माण प्रक्रिया अघि बढेको छ ।

यसैक्रममा सूचना प्रविधि तथा सफ्टवेयर कम्पनीहरूको साझा संस्था ‘नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज’ (नास–आईटी)द्वारा यहाँ आयोजित अन्तरक्रियामार्फत यस्तो बहस सुरु भएको हो ।

कार्यक्रममा विषय विज्ञहरूले समयानुकुल दक्ष जनशक्ति उत्पादनका लागि नयाँ पाठ्यक्रम निर्माण गर्नुपर्ने खाँचो औँल्याए । विज्ञहरूले स्नातक तहअन्तर्गत सूचना प्रविधि विषयको पाठ्यक्रमलाई समसामयिक र व्यावहारिक बनाएर उद्योग तथा व्यापारिक प्रतिष्ठानको माग सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन् ।

सो अवसरमा नास–आईटीका अध्यक्ष गौरव पाण्डेले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारलाई समेत दृष्टिगत गरी सूचना प्रविधिसम्बन्धी विषयको पाठ्यक्रम तयार गर्नुपर्ने सुझावलाई आत्मसात् गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

‘उद्योगले खोजेअनुसारको सीप विद्यार्थीमा नहुँदा एकातिर विद्यार्थी बेरोजगार हुनुपर्ने र अर्कातिर उद्योगले जनशक्ति पाउन नसक्ने समस्याको अन्त्य गर्दै बजारको मागअनुसार जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम निर्माण गर्न लागि परेका छौँ,’ उनले भने ।

नेपाल खुला विश्वविद्यालयको स्कुल अफ आईटीका प्रमुख डा भोजराज घिमिरेले नयाँ पाठ्यक्रममा एआई, डेटा साइन्स, ब्लकचेन, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षालगायत नयाँ विषयधहरू समावेश हुने जानकारी दिए ।

कार्यक्रममा एआईले सूचना प्रविधि उद्योगलाई आमूल रूपमा रूपान्तरण गरिरहेको अवस्थामा नयाँ पाठ्यक्रममार्फत समस्या समाधान गर्ने क्षमता, डेटा बुझाइ, क्रिटिकल थिङ्किङ र एआईसँग काम गर्नसक्ने क्षमता राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?