+
+

मधेस आन्दोलनको समर्थनमा बसन्तपुरमा विरोध सभा

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते १०:०४

२७ मंसिर, काठमाडौं । मधेस आन्दोलनको समर्थनमा नयाँ शक्ति निर्माण अभियानसहितले राजधानीमा आज विरोध सभा गर्दैछन् ।

नयाँ शक्ति निर्माण अभियान, मधेसी मोर्चासहितको संघीय गठवन्धन र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले संयुक्त रुपमा विरोध सभा गर्न लागेका हुन् । नयाँ शक्ति निर्माण अभियानका नेता रामकुमार शर्माले अनलाइनखबरसँग भने-‘मधेस आन्दोलनलाई सम्बोधन गर्नुपर्‍यो र तराई मधेस, काठमाडौं सहितका जनता संकटमा छन् । कालोबजारी बढेको छ । यो समस्या समाधान गर्न दबाव दिन विरोध सभा गर्न लागका हौं ।’

दिउँसो १ बजे बसन्तपुरमा हुने विरोध सभालाई तीन वटै घटकका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

विरोधसभा अघि भद्रकाली र शान्तिबाटिकाबाट र्‍याली सुरु हुनेछ । नयाँ शक्तिले भद्रकालीबाट र अरुले शान्तिबाटिकाबाट विरोध र्‍याली निकाल्ने र बसन्तपुरमा पुगेर सभामा परिणत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?