+
+
Shares

राजतन्त्रको प्रेतात्मा अझैं बाँकी रहेछः माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ५ गते १८:०४

Madhav-Nepal

कपिल ज्ञवाली

५ पुस, बुटवल । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले नेपालमा राजतन्त्रको प्रेतात्मा अझैं बाँकी रहेको बताएका छन् । उनले नेपालमा धेरै परिबर्तन भएपनि राजतन्त्रवादीहरु र केहि मानिसहरु राजतन्त्र फर्काउने दाउमा रहेको जिकिर गरे ।

अनेरास्वबियूको आयोजनामा आइतबारबाट शुरु भएको २ दिने राष्ट्रिय महिला भेलालाई बुटवलमा सम्बोधन गर्दै नेपालले सुनाए-‘हिजो मैले रत्नपार्क हुँदै हिडेको थिएँ, सानो भिड देखेँ,२-३ सय मानिसपनि थिए,के रहेछ भनेर ब्यानरमा हेर्दा त ‘सक्रिय राजतन्त्रको फर्काऔं’ लेखेको देखें ।’

उनले अघि भने-अहिले मानिसहरु यसैगरि सल्बलाएका छन् । राजतन्त्रको प्रेतात्मा उनीहरुमा अझै जिवितै रहेछ । हामी सचेत बन्नुपर्ने बेला आएको छ ।

उनले नेपालमा संकट आएका बेला धेरै तवरबाट कम्यूनिष्टलाई असफल बनाउने कोशिस भइरहेको बताए । नेपालमा कम्यूनिष्ट शक्तिहरुको लोकप्रियता देखेर चिराचिरा बनाउने तत्व लागिरहेको उनले बताए ।

मधेसी नेताले उठाएका माग मधेसी जनताका होइनन्

पूर्वप्रधानमन्त्री नेपालले अहिले केहि मधेसवादी दलले गर्दै आएको आन्दोलन र उनीहरुका माग सिंगो मधेसी जनताका नभएको बताए ।

उनले धेरै मधेसी नागरिकहरु संबिधानपछि खुसी भएको भन्दै केहि नेताका कारण मधेशी सिंगो समुदाय समस्यामा परेको बताए । जायज माग सम्बोधन गर्न तयार रहेको भन्दै उनले भने-‘मधेसवादी दलहरुले संविधानको कुन धारा, कुन अंशमा चित्त नबुझेको हो भन्नुपर्यो , संबिधानै नपढि किन विभेदकारी भन्ने ?’

जनकपुर घटना पछौटे संस्कृतिकोे उदाहरण

एमाले नेता नेपालले जानकी मन्दिरमा राष्ट्रप्रमुखमाथि गरिएको कामलाई पछौटे संस्कृतिको नाङ्गो उदाहरण भएको बताए । राष्ट्रपति बिद्या भण्डारी दर्शनका लागि जाँदा मधेसी मोर्चामा आबद्धहरुलाई पोलेको भन्दै उनले भने-‘त्यो संक्रिण चिन्तन पछौटे र अघोगतिको नमुना हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?