+
+
Shares

उपत्यकामा दमकल स्टेसन थप गरी दश बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २६ गते १९:२३

२६ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो जनघनत्व  र सहरीकरणलाई ध्यानमा राख्दै आगलागी नियन्त्रणका लागि १० वटा दमकल स्टेसन बनाइने भएको छ ।

Fire-truck-Damkalकाठमाडौं उपत्यकामा हाल तीन जिल्लामा गरी तीनवटा मात्र दमकल स्टेसन रहेका छन् । उपत्यकाको बढ्दो सहरीकरणलाई हेर्ने हो भने यो सङ्ख्या अत्यन्तै कम भएको जानकार बताउँछन्  ।

बढ्दो जनसङख्या र ठूलाठूला व्यावसायिक भवनको कारण अहिले रहेको दमकल स्टेसन नगण्य रुपमा रहेकाले सातवटा दमकल स्टेसन थपिने जुद्ध वारुणयन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिए ।

अब थप्नका लागि पहल गरिएका दमकल स्टेसन काठमाडौंमा चार, ललितपुरमा दुई र भक्तपुरमा तीनवटा छन् । यसरी स्टेसन थप गर्दा काठमाडौंमा पाँच, ललितपुरमा तीन र भक्तपुरमा दुई गरी उपत्यकामा जम्मा दश हुनेछन् ।

उनका अनुसार यसरी गर्न लागिएको एकीकृत दमकल योजनाको नेतृत्व भने काठमाडौं महानगरपालिकाले गर्नेछ । उपत्यकामा थप गरिने दमकल स्टेसनका लागि थप २०० जना कर्मचारीको आवश्यकता पर्ने पनि महानगरले बताएको छ ।

काठमाडौँमा सानो ठूलो गरी ६ थान दमकल रहेका छन् भने फायर वाइक आठ थान छन् । त्यसैगरी ललितपुरमा तीनवटा दमकल रहेका छन् भने भक्तपुरमा एक थान दमकल रहेको छ ।

दमकलको सङ्ख्या कम भएकाले नै उपत्यकामा विभिन्न समयमा हुने गरेका आगलागीसँग सम्बन्धित घटनालाई तत्काल नियन्त्रण गर्न समस्या हुने गरेको प्रमुख भट्टराईले जानकारी दिए । उनले भने, “यस्तै कारणले गर्दा गत वर्ष विशालबजारमा ठूलो क्षति भएको हो । दमकल केन्द्रीय कार्यालयलाई अधिकारमुखी बनाउने र दमकल सञ्चालकसम्बन्धी तालिम प्राप्त व्यक्तिलाई नियुक्त गरे यस क्षेत्रको स्तरोन्नति हुन सक्छ ।”

दमकल चालकले सातामा एक दिन छुट्टीको व्यवस्था गरिनुपर्ने, जोखिमपूर्ण काम गरेबापत ५० प्रतिशत जोखिमभत्ता उपलब्ध गराउनुपर्ने मागसमेत गरेका छन् ।

महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार उपत्यकाभित्र भरपर्दो र सुनिश्चित अग्नि नियन्त्रण तथा उद्धार सेवा प्रवाह गर्न थप दमकल स्टेसनको आवश्यकता रहेकाले यसलाई एकीकृत योजनाअन्तर्गत राखी काम गर्नु आवश्यक रहेको छ ।

काठमाडौँमा अहिले सञ्चालनमा रहेका एक स्टेसनमा ३३ जना कर्मचारी कार्यरत छन् भने ललितपुर र भक्तपुरमा कार्यरत कर्मचारी सबै करारमा काम गरिरहेका छन् । यस्तो स्थानमा समेत यस्ता कमजोरी रहिरहने हो भने आवश्यक पर्दा काम नभई ठूलो दुर्घटना हुनसक्ने भएको र यसको बेलैमा समाधान गर्न आवश्यक रहेको महानगरको भनाइ छ ।

एकीकृत दमकल सेवाका लागि दमकल परिचालन तथा कर्मचारी सेवासम्बन्धी ऐननियमको व्यवस्था गरी काम अघि बढाए प्रभावकारी हुने बताइएको छ । रासस

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?