+
+
Shares

गार्डियनको उत्कृष्ट साहसिक गन्तव्यमा अन्नपूर्ण सर्किट

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ४ गते १७:५८

Annapurna Base Camp

४ माघ, काठमाडौं । बेलायतबाट प्रकाशित हुने विश्वविख्यात पत्रिका द गार्डियनले नेपाललाई साहसिक पर्यटकीय गन्तव्यको रुपमा अघि सारेको छ । पत्रिकाले साहसिक पर्यटनका लागि छानेका १० उत्कृष्ट गन्तव्यमा नेपाल पनि परेको हो ।

सिक्रेट ट्रेल्स एण्ड एन्सियन्ट भिलेजेज (लुकेर रहेको पदमार्ग र प्राचिन गाउँहरु)मा पत्रिकाले उत्कृष्ट गन्तव्यको सूचि सार्वजनिक गरेको हो ।

पत्रिकाले गत वर्ष गएको विनाशकारी भूकम्पपछि नेपालका होटल र रेष्टुरेन्ट, पथपर्दशकहरु व्यवसायमा फर्किसकेको उल्लेख गरेको छ । ‘पर्यटकले नेपाललाई सहयोग गर्ने भएकै त्यही गएर हो’ पत्रिकामा लेखिएको छ ।

नेपालको साहसिक गन्तव्यमा ‘अन्नपूर्ण  सर्किट’, त्यति चर्चामा नआएको ‘नार र्फु ट्रेल’, ‘कोतो’, खासै मानिस नजाने गाउँ ‘मेता’, ‘फु’ ‘नारफेदी’ लगायतका गाउँहरुतथा तिब्बती प्रभाव देखिने वास्तुकला र धार्मिक स्थलहरु परेका छन् ।

पत्रिकाले ‘नाफ र्फु’ ट्रेल १६ दिन लामो रहेको बताइएको छ । यहाँ अप्रिल, अक्टोबर र नोभेम्बरमा जान सकिने पत्रिकामा उल्लेख छ ।

यसैगरी बेलिज, मंगोलिया, रुस, इन्डोनेसीया, जोर्डन, गि्रनल्यान्ड, भेनेजुयला, ब्राजिल, अमेरिकाका विभिन्न साहसिक पर्यटन गन्तव्यको सूचिमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?