Comments Add Comment

संविधान संशोधनले विखण्डन ल्याउने राष्ट्रिय जनमोर्चाको दावी

Chitra-Bdr-Kc१४ माघ, काठमाडौं । संविधान संशोधनका बिरुद्ध सदनमा मतदान गरेको सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संशोधनले मुलुकमा बिखण्डन ल्याउने दावी गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले आफूहरुको मतदानलाई संसदीय अभ्यासका विरुद्ध भएको भनेर कैयौ पक्षहरुबाट भएको टिका-टिप्पणीप्रति पनि ध्यानाकर्षण भएको जनाउदै विधेयकका बिरुद्ध आफूहरुले गरेको मतदानलाई इतिहासले सहि सावित गर्ने बताएको छ ।
अहिले संसदमा पारित भएको संविधान संशोधन विधेयकबाट संविधानको मर्ममाथि नै सांघातिक प्रहार भएकोमा दुःख व्यक्त गर्दै जनमोर्चाले यसले राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा समेत गम्भीर आच पुर्‍याएको दावी गरेको छ ।

जनमोर्चाका प्रवक्ता तथा सांसद दुर्गा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबैभन्दा महत्वपूर्ण र केन्द्रीय प्रश्न यो हो कि, संसदीय अभ्यास र राष्ट्रियतामध्ये कुन प्रधान हो ?’ उपप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियताको पक्षमा उभिएर सही रुपमा पार्टीको जिम्मेवारी पुरा गरेको जनमोर्चाको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment