Comments Add Comment

दिल्लीलाई प्रश्नः नेपालका विखण्डनकारीलाई किन स्वागत गरेको ?

Vikas-Swarup

१४ माघ, काठमाडौं । असोज ३ गते नेपालमा नयाँ संविधान घोषणा भएपछि मधेस आन्दोलनलाई मलजल गर्दै नाकाबन्दी गरेको भारतमाथि ‘बिखण्डनकारी’लाई रातो कार्पेट बिछ्याएको आरोप लागेको छ ।

यो आरोप यस्तो बेलामा लागेको छ, जतिबेला भारतकै सिफारिसअनुसार नेपालको संसदले संविधान संसोधन गरेको छ र त्यसप्रति भारतले औपचारिक स्वागत गरिसकेको छ ।

डा. सीके राउत

डा. सीके राउत

तर, मधेसलाई बेग्लै देश बनाउनुपर्ने भन्दै अभियान चलाएका सीके राउतलाई यतिबेला दिल्लीले न्यानो स्वागत गरिरहेको छ । राउत यतिबेला दिल्लीका मिडियाका लागि ‘सेलिब्रेटी’ जस्तै भएका छन्, उनलाई अन्तरवार्ता दिन भ्याइनभ्याई छ ।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आलोक नाम गरेका भारतीय पत्रकारले प्रवक्ता विकास स्वरुपलाई नेपालमा भएको संविधान संशोधन र एक विखण्डनकारीलाई स्वागत गर्नु विरोधाभास भएन ? भनेर प्रश्न गरेका हुन् ।

स्वरुपले संविधान संशोधनको भारतले स्वागत गरेको बताए । तर, विखण्डनकारीलाई किन स्वागत गरेको भन्ने प्रश्नको जवाफ दिएनन् ।

नेपालको संविधानमा भएको संशोधन मधेसवादी दलहरुको माग सम्बोधन प्रक्रियाको हिस्सा भएको भन्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भने-मधेसीहरुको अरु माग पनि छन् । हामीलाई विश्वास छ, दुबै पक्षले लतकता देखाएर त्यसलाई पनि सम्बोधन गरिनेछ ।’

भारत नेपाली राजनीतिज्ञहरुसँग सम्पर्कमा रहेको र उनीहरुलाई विश्वास गरेको समेत उनले बताए । भारतले कुनैको पक्ष नलिएको भन्दै उनले भने-‘हाम्रो एक मात्र चाहना शान्त, स्थिर र सम्बृद्धि नेपाल हो ।’

नेपालले आफ्नो समस्या आफैं वार्ता र सम्वादमार्फत समाधान गरोस् भन्ने भारतले चाहेको उनले बताए ।

भिडियो (पत्रकार आलोकले सोधेको प्रश्न १४ औं मिनेटमा छ) 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment