+
+
Shares

मकाउ पठाउँछाैं भन्दै १६ लाख ठग्ने दुर्इजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन ६ गते १६:४२

Hatkadi

६ फागुन, काठमाडौं । मकाउ पठाइदिने बाहानामा ठगी गर्ने दुई जना युवक पक्राउ परेका छन् ।

स्याङ्जाको धापुक-५ घर भई बाराको निजगढमा सञ्जु इन्टरनेशनल ट्रेड प्रमोसन सेन्टर प्रालि चलाएर बसेका खेमबहादुर कामी र काठमाडौं-३१ बागबजारका उदेश खड्की पक्राउ परेका महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता किसनसिंह थापाले जानकारी दिए ।

उनीहरुले विभिन्न व्यक्तिलाई माओवादी पूर्व लडाकुको अयोग्यताको परिचयपत्र बनाई रोजगारीमा मकाउ पठाईदिने भन्दै १६ लाख रुपैयाँ ठगी गरेका थिए ।

उनीहरुको साथबाट अयोग्य लडाकुको परिचयपत्र बनाउन प्रयोग गरिएको कम्प्युटर, परिचयपत्र, एटीएम कार्ड, एक थान पासपोर्ट, ५३ हजार ५ सय रुपैयाँ  र दुई थान मोवाइल समेत बरामद गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?