Comments Add Comment

यी हुन् प्रविधि क्षेत्रका १० धनाढ्य

अहिलेको दुनियाँमा प्रबिधिको ब्यापार सवैभन्दा नाफामूलक ब्यापार हो । यो कुरालाई पुष्टी गरेका छन् हालै विश्व चर्चित म्यागेजिन फोव्र्सको सूचीकरणमा पर्ने प्रबिधि क्षेत्रका बादशाहरुले ।

प्रविधिको ब्यापारबाट उदाएर नाम र दाम कमाउँदै संसारकै धनीहरुको सूचीमा पर्न सफल १० जनाको नालीवेली यस्तो छ ।

१०. मा हुवातेङ

Ma Huatang
कुल सम्पतिः १६.६ अर्ब डलर
मुलुकः चीन
मा हुवातेङ चिनियाँ सचिनियाँ सˆटवेर कम्पनी टेनसेन्ट होल्डिङका सह संस्थापक तथा सिइओ हुन् । टेनसेन्टको QQ.com विश्वकै १० ठूला वेबसाइटहरुमध्ये एक पर्छ । उनी चाइना मोसन टेलिकम डेभलपमेन्ट लिमिटेड अन्तर्गत गरेर पेजिङ सिस्टमको बिकासमा लागि रिसर्च समूहमा आबद्ध थिए ।

९. माइकल डेल

Micheal Delकुल सम्पतिः १९.८ अर्ब डलर
मुलुकः अमेरिका
माइकल डेल चर्चित कम्पनी डेलका निर्देशक मण्डलका अध्यक्ष तथा सिइओ हुन् । उनले सन् १९८४ मा टेक्सासस्थित छात्राबासमा यो कम्पनी स्थापना गरेका थिए । त्यसबेला उनी मात्र १९ बर्षका थिए । सन् १९९२ मा उनलाई त्यसबेलाका कान्छा सिइओको रुपमा फर्च्युन ५०० ले उल्लेख गरेको थियो । फोव्र्सका अनुसार डेल कम्पनीमा अहिले पनि उनको ७० प्रतिशत शेयर छ ।

८. ज्याक मा

jack-maकुल सम्पतिः २०.५ अर्ब डलर
मुलुकः चीन
चिनियाँ इन्टरनेट उद्योगलाई विश्वभर बिस्तार गर्ने श्रेय अलिवावाका संस्थापक तथा सिइओ ज्याक मालाई जान्छ । उनले अलिबाबा नामक इकमर्स साइटबाटै अरबौं डलर बराबरको सम्पत्ति आर्जन गर्न सफल भएका छन् । ज्याकले अलिबाबाबाहेक सिनेमा र उत्पादन क्षेत्रमा पनि लगानी गरेका छन् ।

७. स्टिभ बाल्मर

steve-ballmerकुल सम्पतिः २३.५ अर्ब डलर
मुलुकः अमेरिका
माइक्रोसˆटका पूर्व सिइओ स्टिभ बाल्मरसँग २३.५ विलियन अमेरिकी डलर बराबरको सम्पति छ । बाल्मरले माइक्रोसˆटको सिइओ र निर्देशकबाट सन् २०१४ मा राजीनामा दिएका थिए । तर उनसँग कम्पनीको ४ प्रतिशत शेयर भने कायमै छ । माइक्रोसफ्टको सेयर र प्रबिधि क्षेत्रमा गरेको लगानीबाट उनले यो सम्पत्ति आर्जन गर्न सफल भएका हुन् । उनी र बिल गेट्स मिलेर माइक्रोसफ्ट कम्पनीको स्थापना गरेका थिए ।

६. सेर्गेइ ब्रिन

Sergey-Brineकुल सम्पतिः ३४.४ अर्ब डलर
मुलुकः अमेरिका
सेर्गेइ ब्रिन इन्टरनेट बादशाह गुगलका संहसंस्थापक एवं ‘अल्फाबेट’ कम्पनीका अध्यक्ष हुन् । यो नयाँ कम्पनी, उनी र गुगलका सह संस्थापक ल्यारी पेज मिलेर सन् २०१५ मा घोषणा गरेका हुन् । यो कम्पनी गुगलको माउ कम्पनी हो । अल्फावेट कम्पनीको छाता संगठनमा रहेर ‘क्यालिको’, ‘गुगल भेन्चर्स’ र ‘गुगल एक्स’ आदि सेवा उपलब्ध हुनेछन् । ब्रीनले स्टानफोर्ड विश्वबिद्यालयबाट कम्यूटर साइन्समा स्नाकोत्तर गरेका छन् ।

५. ल्यारी पेज

larry-pageकुल सम्पतिः ३५.२ अर्ब डलर
मुलुकः अमेरिका
ल्यारी पेज गुगलको मातृ संस्था अल्फावेटका प्रमुख कार्यकारी हुन् । ल्यारी र सर्गेइ मिलेर सन् १९९८ मा गुगलको स्थापना गरेका थिए । गुगलका पहिलो प्रमुख कार्यकारी अधिकृत रहेका ल्यारी सन् २००१ सम्म सो पदमा थिए ।
गुगल र त्यसअन्र्तगतका उत्पादनहरुबाट कमाएको पैसाकै कारण उनी बिश्वका १० धनी प्रबिधि बादशाहमा परेका हुन् ।

४. ल्यारी इलिसन

Larry Ellisonकुल सम्पतिः ४३.६ अर्ब डलर
मुलुकः अमेरिका
ओरेकल कम्पनीका संस्थापक ल्यारी इलिसन यस सूचीमा चौथो नम्बरमा छन् । उनले सन् १९७७ मा ओलेकलको स्थापना गरेका थिए र सन् २०१४ सम्म त्यसको सिइओ थिए । उनी सेलबोट रेसिङ, बिमानको उडान र टेनिस खेलाडी तथा गितार बादकको रुपमा पनि परिचित छन् ।

३. मार्क जुकरवर्ग

Mark zuckerbergकुल सम्पतिः ४४.६ अर्ब डलर
मुलुकः अमेरिका
प्रविधि क्षेत्रका शीर्ष १० धनाढ्यको सूचीमा फेसबुकका संस्थापक मार्क जुकरवर्ग तेस्राे स्थानमा छन् । उनले पछिल्लो १२ महिनामा ११.२ अर्ब डलर सम्पति जोडेका छन् । जुकरवर्गले कलेजको छात्रावासबाट दुई रुममेटहरु डस्टिन मोस्कोभिच र क्रिस हृयुजसँग मिलेर सन् २००४ मा फेसबुकको सुरुवात गरेका थिए । जतिबेला उनी मात्र १९ बर्षका थिए ।

२. जेफ वेजोस

Amazon Readies Kindle Fire Update to Keep Up With Apple, Googleकुल सम्पतिः ४६.२ अर्ब डलर
मुलुकः अमेरिका
शीर्ष १० को सूचीम दोस्रो नम्बरमा आउँछन् अमेरिकी धनाढ्य जेफरी प्रिष्टोन बेजोस । उनी इ-कमर्स जायन्ट अमेजनका फाउण्डर तथा सिइओ हुन् । उनले प्रिन्स्टोन विश्वबिद्यालयबाट ग्राजुएट गरेका छन् । इन्टरनेटमा आधारित किनमेललाई बिश्वभर स्थापित गर्न उनको मुख्य योगदान छ ।

१. विल गेट्स

bill-gatesकुल सम्पतिः ७५ अर्ब डलर
मुलुकः अमेरिका
प्रविधि क्षेत्रका धनाढ्यहरुमा शीर्ष स्थानमा रहन सफल छन् माइक्रोसफ्टका सह-संस्थापक विल गेट्स । उनी विश्वकै सर्बाधिक धनी मानिस पनि हुन् । अमेरिकाको सियाटल्मा सन् १९५५ मा जन्मिएका गेट्ले सहकर्मी पल एलेनसँग मिलेर विश्वकै सबैभन्दा ठूलो सफ्टवेर विजनेश सुरु गरेका थिए ।

माइक्रोसफ्टमा उनको मात्र तीन प्रतिशत शेयर छ । यद्यपी उनको क्यानेडियन रेल्वे लगायत अन्य ठूला कम्पनीहरुमा शेयर छ ।

जुन २००८ देखि उनले माइक्रोसफ्टमा आफ्नो सक्रियता बिस्तारै घटाउँदै लगेका छन् । समाजसेवामा समय व्यतित् गर्न उनले व्यवसायिक जीवनबाट टाढा रहने निर्णय गरेका हुन् । उनी ‘विल एण्ड मेलिन्दा गेट्स फाउण्डेसन’मार्फत संसारका बिकासशील मुलुकमा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment