+
+

‘सुर्के थैली’ जस्तै चर्चित बन्ला त ‘काकाकुल जिन्दगी’ ?

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १२ गते ११:२९

deepa-and-magne-buda
चलचित्र ‘वडा नम्बर छ’ मा राखिएको ‘सुर्के थैली खै’ बोलको गीत गाएर चर्चामा आएका गायक राजनराज शिवाकोटीले नयाँ गीत गाएका छन्, ‘काकाकुल जीन्दगी’ ।

दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ‘छक्का पन्जा’का लागि गाएको सो गीत पनि लोकशैलिमा केन्द्रित भएको राजनराजले बताए ।

‘लोक परिवेशमै केन्द्रित गीत बनाएको छु, हल्का दोहोरी शैलीको छ ।’ अनलाइनखबरसँग कुरा गर्दै राजनराजले भने । ‘सुर्के थैली जत्तिकै चर्चित होला त ? राजनराज हाँस्दै भन्छन्-‘मैले त त्यो भन्दा पनि राम्रो बनाएको छु । हेरौं दर्शकले कस्तो मान्छन् ।’
राजनराजकै स्वर संगीत रहेको ‘सुर्के थैलि खै’ बोलको गीत सर्वाधिक चर्चित भएको थियो । उक्त गीत अहिले युट्युव च्यानलमा ५९ लाख पटक हेरिएको छ । rajanraj siwakoti

‘काकाकुल जीन्दगी’ बोलको गीत पनि उनले चलचित्रको कुरा हुनु अघि नै बनाएका थिए । यसको रचना उनले आफ्नो गाउँ जन्मस्थान दोलखाकै जंगलमा गरेका हुन्, जहाँ बसेर उनी प्राय गीत रचना गर्ने गर्छन् ।

गीत तयार भइसकेपछि दीपकराज गिरीसँग भेट भएको थियो । गीत सुने लगत्तै दीपकराजले सम्झौता गरेका थिए । यस गीतमा राजनराज र अन्जु पन्तले स्वर दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?