केन्याकी एक महिलाले घुम्ने शोख पुरा गर्न अनौठो तरिका निकालेकी छन् । उनले फेटोसपको मदतले अरुको तस्वीरमा आफूलाई फिट गराएकी छन् र फेसबुक पेजमा राखेकी छन् ।
सेवलिन गेट चीन घुम्न चाहन्थिन । तर, उनीसँग त्यति पैसा थिए । चीन घुम्ने रहर पुरा गर्न उनले फोटोसपको सहारा लिइन् र पुगिन चीनको ग्रेटवाल ।
कुनै फोटोमा उनी विमान नजिकै देखिएकी छन् भने कहीँ मन्दिर अगाडि । उनको तस्वीरलाई हजारौंले लाइक पनि गरेका छन् र उनी रातारात इन्टरनेटको सेलिब्रेटी बनेकी छन् ।
उनको नामबाट हृयासट्याग क्याम्पेन समेत सुरु भयो । सेवलिनको यो शोखलाई देखेर नौरोबीका साम गिचुुरुले उनका लागि रकम जुटाउन अभियान सुरु गरेका छन्, ताकि उनलाई छुट्टी मनाउन चीन पठाउन सकियोस् ।
उनले अब सेवलिनका लागि चार तारे होटलमा बस्ने, बीमा र पकेट खर्च जम्मा गरिसकेका छन् ।
यो पुरा प्रक्रियामा सेवलिनले जन्म प्रमाणपत्र लिएकी छन् भने पासपोर्टका लागि आवेदन दिएकी छन् । सेवलिन यो वर्ष गर्मीमा चीन घुम्न जान सक्नेछिन् ।
प्रतिक्रिया 4