+
+
Shares

भारत र इयूको संयुक्त वक्तव्यमा मुछियो नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १८ गते १२:४१

Modi-with-European-Council-President-Donald-Tusk

१८ चैत, काठमाडौं । भारतले फेरि एकपटक अन्तर्राष्ट्रिय फोरममा नेपालको संविधान र आन्तरिक राजनीतिमाथि टीका-टिप्पणी गरेको छ । बेल्जियमको ब्रसेल्समा आयोजित भारत-इयू शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेपालको संविधानलाई अनावश्यक रुपमा मुछिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्ली भ्रमणपछि संविधानका विषयमा भारतको असमझदारी निवारण भएको ठानिएको थियो । तर, भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदीको युरोप भ्रमणका क्रममा ब्रसेल्समा चालिएको पछिल्लो कदमले भारत पुरानै अडानमा रहेको झल्को दिएको छ ।

संयुक्त वक्तव्यमा नेपालको संविधान अपूर्ण रहेको आशय व्यक्त गर्दै ‘समयसीमा तोकेर बाँकी मुद्दा सम्वोधन गर्न’ सुझाव दिइएको छ । भारतीय प्रधानमन्त्री मोदीले नेतृत्व गरेको उच्चस्तरीय प्रतिनिधिमण्डल अहिले ब्रसेल्स भ्रमणमा छ ।

४१ बुँदे संयुक्त वक्तव्यको १७ औं नम्बर बुँदामा भनिएको छ, ‘दुवै पक्ष नेपालमा टिकाउ र समावेशी संवैधानिक व्यवस्थाको आवश्यकतामा सहमत भएका छन्, जसले समयसीमाका आधारमा बाँकी संवैधानिक मुद्दाहरुलाई सम्वोधन गर्नेछ र राजनीतिक स्थायित्व तथा आर्थिक विकास प्रबर्द्धन गर्नेछ ।’

यसअघि चार महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको बेलायत भ्रमणपछि जारी संयुक्त विज्ञप्तिमा पनि नेपालको संविधानमाथि यस्तै टिप्पणी गरिएको थियो ।

नेपालले सो वक्तव्यमाथि आपत्ति जनाएको थियो । भारत र इयूको विज्ञप्तिको पनि औपचारिक विज्ञप्तिमार्फत तत्काल खण्डन गरिने परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?