२४ चैत, काठमाडौं । भारतीय दुई पांग्रे सवारी उत्पादक कम्पनी हिरो मोटोकर्पले मेटल बडी स्कुटर ‘डुएट’ नेपाल भित्राएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच डुएट स्कुटर सार्वजनिक गरिएको छ ।
नेपाल जेनरल मार्केटिङ कम्पनीले हिरो स्कुटर तथा बाइक नेपालमा बिक्री गर्दै आएको छ । डुएट १११ सीसी इञ्जिन क्षमता भएको स्कुटर हो । बलियो र टिकाउ मेटल बडी भएको डुएट स्कुटर आकर्षक डिजाइनमा रहेको छ ।
डुएटमा बाहिरबाटै तेल हाल्ने सुविधा दिइएको छ । सिटभित्र मोबाइल चार्जिङ पोर्ट, सिट तथा तेल हाल्ने ठाउँ खोल्न रिमोट, बुट लाइट, सर्भिसिङ बाँकी रहेको सम्झाउने इन्डिकेटर लगायतका सुविधाहरु रहेको कम्पनीले जनाएको छ ।
यसैगरी ट्वीन पार्किङ ल्याम्प, पञ्जा राख्ने बक्समा बुट लाइट, इन्टिग्रेटेड ब्रेकिङ सिष्टम लगायतका सुविधाले डुएट स्कुटर पृथक बनेको छ । यसमा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सनयुक्त प्रविधिक समेत छ ।
स्कुटरमा १११ सीसी एअर-कुल्ड ४-स्ट्रोक सिंगल सिलिन्डर ओएचसी इञ्जिन रहेको छ । यसले ८ हजार आरपीएममा ८.३१ बिएचपी अधिकतम पावर आउटपुट र ६५ सय आरपिएममा अधिकतम टक ८.३ एनएमको उत्कृष्ट प्रर्दशन गर्छ ।
डुएट स्कुटर विभिन्न ६ कलरहरु ब्लेजिङ रेड, पर्ल सिल्भर हृवाट, ग्रेस ग्रे, नेचर ग्रिन, पान्थर ब्ल्याक र भर्नियर ग्रेमा उपलब्ध छ ।
भिडियो हेर्नुहोस्
डुएटको नेपालमा एक लाख ७१ हजार ५ सय रुपैयाँ तोकिएको छ । डुएट स्कुटर किन्दा ५ वर्षको वारेन्टी, ९ पटक निःशुल्क सर्भिसिङ, इञ्जिन आयलमा ३० प्रतिशत छुट, स्पेयर पार्टसमा ७ प्रतिशत, निःशुल्क हेल्मेट र सरल फाइनान्सको सुविधा प्राप्त हुने बताइएको छ ।
भारतीय बजारमा छोटो अवधिमै डुएट स्कुटर निकै लोकपि्रय भइसकेको छ । हिरो मोटोकर्पका ग्लोबल बिजनेश प्रमुख दीपक मोकाशीले नेपाली ग्राहकको बिचमा पनि डुएट स्कुटर लोकप्रिय हुने विश्वास व्यक्त गरेका छन् । यो स्कुटर स्टाइल, प्रर्दशन र सुरक्षाको उत्कृष्ट समिश्रण भएको उनको दाबी छ ।
प्रतिक्रिया 4