Comments Add Comment

‘प्रेमगीत’ले ५१ दिन मनाउँदा रेखाले पठाइन् केक

puja shamra token of love
‘प्रेमगीत’ यूनिटले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ५१ दिने पार्टी दिएको छ । पत्रकार, चलचित्रकर्मीको उपस्थितीमा चलचित्रका कलाकार र निर्माण यूनिटले केक काटे । रोचक कुरा त के छ भने चलचित्रको ५१ दिने पार्टीमा तयार पारिएको केक नायिका रेखा थापाबाट उपहार आएको थियो ।
रेखाले चलचित्र सफल भएकोमा वधाई दिदै केक उपहार पठाएकी थिइन्, जसलाई चलचित्रका निर्देशक सुदर्शन थापा, निर्माता सन्तोष सेन, नायक प्रदिप खड्का, नायिका पूजा शर्मा लगायतले एकसाथ काटेका थिए ।
pradip khadka token of love
माघ २९ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र गोपि, गुण लगायतका हलमा प्रदर्शन भैरहेको छ । कार्यक्रममा उपस्थित भएका सूचना तथा संचारमन्त्री शेरधन राइले चलचित्रसँग आवद्ध चलचित्रकर्मी, रंग पत्रकारलाई मायाको चिनो प्रदान गरे । उनले चलचित्र क्षेत्रको विकासमा अब सरकार लाग्ने बताए ।

सागर संसारलाई उपाधी
यसैविच, चलचित्रको निर्माण यूनिटले आयोजना गरेको ‘म यस्तो गीत गाउछु कभर सङ’ प्रतियोगीताको उपाधी भने सागर संसार राइले जितेका छन् । ५ सय ५९ जनाले युटुबबाट भिडियो अपलोड गरेर सहभागीता जनाएकोमा अन्तिममा १५ जना पुगेका थिए । जसमध्ये १० जनालाई युटुबमा भिडियो सर्वाधिक धेरै हेरिएको आधारमा र ५ जनालाई निर्णायकले वाइल्र्ड कार्ड इन्ट्रीको रुपमा प्रवेश गराएका थिए ।sagar sansar bijeta

अन्तिम १५ मा पुगेकाले गीत गाइसकेपछि ५ जनालाई अन्तिम प्रतिस्पर्धामा लगिएको थियो । जसबाट सागर संसार राइले उपाधी चुमेका हुन् । उपाधीसँगै उनले नगद १ लाख पुरस्कार र आशुसेन फिल्मस्ले निर्माण गर्ने नयाँ चलचित्रमा गीत गाउने अवसर पाएका छन् । गायिका अन्जु पन्त, संगीतकार अर्जुन पोख्रेल,लेखक रामशरण पाठक, निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेन मुल्यांकनकर्ताको रुपमा उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment