Comments Add Comment

प्रभु मनिबाट रेमिट्यान्स बुझ्दा निःशुल्क सीम

prabhu-sim
३० चैत, काठमाडौं । प्रभु मनि ट्रान्सफरमार्फत विदेशवाट नेपालमा पठाएको पैसा भुक्तानी लिने आफन्तलाई नेपाल टेलिकमको सीम र रीमकार्ड निशुल्क दिइने भएको छ । ५० रुपैयाँ टक टाईम भएको थ्री जी सीम निशुल्क दिने योजना प्रभुले सार्वजनिक गरेको छ ।

बैशाख १ गतेदेखि सुरु हुने योजना सीमकार्डको मौन्दात रहेसम्मका लागि कायम रहने कम्पनीले जनाएको छ ।

पुर्वाअञ्चल, मध्यपश्चिमाअञ्चल, र सुदुर पश्चिमाअञ्चलमा सीमकार्ड वितरण तयारी पुरा भइसकेको छ भने बाँकी क्षेत्रहरुमा पनि आगामी साताभित्र वितरणको तयारी गरिसक्ने प्रभु मनि ट्रान्सफरले बताएको छ ।

सीमकार्ड वितरण तथा एक्टीभेसन कोलागी नेपाल अधीराज्यभरका प्रभु मनि ट्रान्सफरसँग आवद्ध रहेका भुक्तानी सव-एजेन्ट तथा सहकारी संस्था (बैंक तथा वित्तिय संस्थाबाहेकका)मार्फत गराईने छ । बैंक तथा वित्तिय संस्थामार्फत भुक्तानी लिनेलाई पनि सोही नम्बरबाट अन्यकुनै सव-एजेन्टको काउन्टरमा गएर आवेदन गरेमा सीमकार्ड लिन सकिनेछ ।

सीमकार्ड लिनको लागि विदेशवाट आफन्तले उपलब्ध गरेको पैसा भुक्तानी लिने कोड नम्बर को साथमा ग्राहक आवेदन फारम, एक प्रति फोटो र परिचयपत्र अनिवार्य हुने छ । योजना अवधिभर ३ लाख सीम तथा रिम कार्ड वितरण गर्ने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment