Comments Add Comment

वर्षका उत्कृष्ट नायिकाः प्रियंका फेरि नम्बर १

२०७१ सालमा पनि नेपाली चलचित्र क्षेत्रमा औंलामा गन्न सकिने नायिकाहरुको बोलबाला रह्यो । नायिकाको दमले पनि चलचित्र चल्छ भन्ने पुष्टी केहीले गरे भने केहीले व्यानर, मेकर र सहकर्मी कलाकारको फाइदा उठाए ।

गतबर्ष हाम्रो उत्कृष्ट ५ नायिकको सूचीमा परेका केही नायिका यो बर्ष बाहिरिएका छन् । लगातार चलचित्र असफल बनेपछि नायिका केकी अधिकारी सुचीमा अटाउन सकिनन् भने शिल्पा पोख्रेल र नीता ढुंगानाको पनि यही अवस्था रह्यो । धेरै नायिकाका चलचित्र असफल बनेकाले हामीले यसपटक उत्कृष्ट ३ नायिकालाई प्रस्तुत गरेका छौं ।
1_priyanka karki
१. प्रियंका कार्कीः लगातार दोस्रो वर्ष प्रियंका कार्की नम्बर वान नायिका बन्न सफल भइन् । सर्वाधिक धेरै चलचित्रमा अभिनय गर्नु मात्र नभएर मोडलिङ, फेसन, विज्ञापन र ब्रान्ड, स्टेज कार्यक्रम, विदेश भ्रमणको दुनियाँमा पनि यी नायिकाको व्यस्तता लोभलाग्दो रह्यो । प्रियंकाको वडा नम्बर ६, फन्को, नाई नभन्नु ल ४’ गरी तीन चलचित्र रिलिज भए ।  ‘फन्को’ बाहेकका २ चलचित्र हिट पनि भए । चलचित्र ‘कबड्डी कबड्डी र भाग् सानी भाग्’मा कार्कीको केमियो भूमिका देखियो ।

प्रियंकाका बिषयमा यो बर्ष पनि टेलिभिजन, प्रिन्ट र अनलाइन मिडियामा थुप्रै समाचार र गसिप बने । बक्स अफिसमा समेत उनका चलचित्र बलियो देखिएको बर्षको रुपमा लिन सकिन्छ । हुनत, प्रियंका आफ्नै दममा नचलेको भन्दै आलोचना पनि गरिन्छ, तर नेपाली नायिकाहरुमा यो बर्ष पि्रयंका सर्वाधिक चर्चित देखिएकी छिन्  ।
2-namrata
२. नम्रता श्रेष्ठः एक समय नम्रता श्रेष्ठको करिअर संकटमा परेको थियो । तर उनले निकै हिम्मतकासाथ आफूलाई पुनस्र्थापित गरिन् । यस वर्ष उनले अभिनय गरेको ‘क्लासिक’ ले सन्तोषजनक व्यापार गर्‍यो । यस फिल्ममा उनको जिवन्त अभिनयलाई धेरैले मन पराए । आँखा नदेख्ने यूवतीको भूमिकामा देखिएकी नम्रताले जिवन्त अभिनय गरेकी थिइन्  ।

नम्रताको यो चलचित्रको जीवन्त अभियनका कारण पनि उनको अभिनयका फ्यान ह्वात्तै बढे । कम चलचित्रमा जीवन्त अभिनय गर्ने नम्रता यसै कारण यो बर्ष हाम्रो उत्कृष्ट नायिकाको नम्बर २ मा अटाउन सफल भएकी हुन् । चलचित्रको बक्स अफिससँगै कलाकारको अभिनय पनि महत्वपूर्ण हुन्छ, जसलाई नम्रताले निर्वाहा गर्न सकेकी छिन् । यसै बर्ष नम्रता प्रेमी दावा शेर्पासँगको डेटिङका कारण पनि चर्चामा रहिन् । मिडियामा उनका बिषयमा थुप्रै समाचार छापिए । दर्शकमा उनको क्रेज राम्रै देखियो ।
3-rekha
३. रेखा थापाः बढ्दो उमेर भएपनि नायिका रेखा थापाले आफ्नो स्टारडमलाई मेन्टेन गरेकी छिन् । पछिल्लो समय रेखाले आफ्नै ब्यानरमा निर्माण भएका चलचित्रमा मात्र अभिनय गर्दै आएकी छिन् । यो बर्षको अन्त्यमा उनले आफैं निर्माण गरेको फिल्म ‘रामप्यारी’ प्रदर्शनमा आएको छ । रेखाको स्टारडमकै बलमा यो चलचित्रको प्रारम्भिक व्यापार राम्रो देखिएको छ । रेखाले अभिनय गरेको अर्को चलचित्र ‘जाउँ हिड पोखरा’ भने असफल बन्यो । यद्यपि यो असफलताले रेखालाई खासै असर गर्दैन ।

निर्माता छविराज ओझासँग अंकमाल गरेर होस् या अमेरिका भ्रमणको चर्चाले होस्, रेखा मिडियामा छाइन् । भूकम्प पीडितहरुका निधन भएका आफन्तहरुलाई शव जलाउन सहयोग गरेर पनि रेखाको चर्चा भयो । यो बर्ष रेखा मिडियामा विभिन्न कारणले छाइन्, तर गतबर्ष जस्तो यो बर्ष रेखाले चर्चाका लागि स्क्यान्डलको साहारा लिइनन् ।

यी उत्कृष्ट ३ नायिका बाहेक अन्य केही नायिका पनि चर्चामा रहे । चलचित्र ‘कबड्डी कबड्डी’ चल्दा रीश्मा गुरुङको व्यस्तता बढ्यो, तर उनी मिडियामा भने खासै परिनन् । ‘लुटेरा’को व्यापारले नायिका निशा अधिकारीलाई फाइदा पुग्यो ।

अब नायिकाहरुले सफलताका लागि अझ मिहिनेत गर्नुपर्ने देखिएको छ । बर्षमा दर्जनौ नायिकाले चलचित्र खेलेपनि उनीहरुले सफलता पाएको देखिएको छैन । यसको मुख्य कारण चलचित्र क्षेत्र र कामलाई गम्भिरताका साथ नलिनु नै हो भन्ने विश्लेषण गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment