Comments Add Comment

‘दर्पण छायाँ २’ मा छैनन् नीरुता, यी हुन् मुख्य कलाकार

Tulsi-Ghimire-5
निर्देशक तुलसी घिमिरेले १३ बर्षपछि निर्देशन गर्न लागेको चलचित्र ‘दर्पण छायाँ २’को निर्माण तयारी अन्तिम अवस्थामा पुगेको छ । चलचित्रका लागि गीतसंगीत तयार गरिएको छ भने कलाकार पनि फाइनल गरिएको छ । निर्देशक घिमिरेका अनुसार यसपटक चलचित्रमा नायिका निरुता सिंह हुने छैनन् । नायक दीलिप रायमाझीले खेल्ने वा नखेल्ने बिषयमा कुनै निर्णय दिएका छैनन् । उत्तम प्रधान चलचित्रमा देखिनेछन् ।

चलचित्रमा म्यूजिक भिडियोका मोडल पुष्प खड्काले प्रवेश पाएका छन् । जीतु नेपाल, दीवाकर पाण्डे, तारा कार्की चलचित्रमा देखिने पक्का भएको छ । डेढ महिनापछि छायांकनमा जान लागेको यो चलचित्रलाई खप्तड, काठमाण्डौ र  अमेरिकामा छायांकन गरिनेछ । साबु रिमालले निर्माण गर्न लागेको चलचित्रमा तुलसी घिमिरेकै कथा तथा निर्देशन रहनेछ । निर्देशक घिमिरेका अनुसार यसपटक सांगीतिक प्रेम कथामा चलचित्र निर्माण हुनेछ ।

नेपाली चलचित्रमा सर्वाधिक धेरै कमाउने चलचित्रको रुपमा रेडर्क राखेको ‘दर्पण छायाँ’को पछाडि २ झुण्ड्याएर निर्देशक घिमिरले १३ बर्षपछि यूवापुस्ताको कथा छानेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment