२ वैशाख, काठमाडौं । डिफेण्डिङ च्याम्पियन बार्सिलोना एथ्लेटिको मड्रिडसँग पराजित भएको छ र, अप्रत्यासित रुपमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
बार्सिलोना पहिलो लेगमा हात पारेको २-१ को जितका साथ स्पेनको राजधानी पुगेको थियो । तर, बुधबार राति भएको दोस्रो लेगमा बार्सिलोना एथ्लेटिको मड्रिडसँग २-० ले पराजित भयो ।
बार्सिलोनाको कमजोर डिफेन्सको फाइदा उठाउँदै एन्टोनिओ ग्रिजम्यानले दुई गोल गर्दै एथ्लेटिको मडि्रडलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याएका छन् । ३६ औं मिनेटमा गोल गरेका उनले ८८ औैं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे ।
खेलको अन्तिमतिर गाबीको हृयाण्डबलमा बार्सिलोनाले पेनाल्टीको अपील गरेपनि पाएन । हारसँगै बार्सिलोनाले यो सिजन प्रमुख तीन उपाधि ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे जित्ने मौका गुमाएको छ ।
च्याम्पियन्स लिगको सेमिफाइनलमा एथ्लेटिको मड्रिडसँगै रियल मड्रिड, म्यानचेष्टर सिटी र बार्यन म्युनिख पुगेका छन् । शुक्रबार सेमिफाइनलको ड्र हुनेछ ।
प्रतिक्रिया 4