Comments Add Comment

सबै सरकारी टेण्डरहरु अब एउटै वेबसाइटमा

tender-site
२ वैशाख, काठमाडौं । अब सबै सरकारी बोलपत्र (टेण्डर)का सूचना एउटै ‘वेबसाइट’ मा हेर्न पाइने भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच यो सेवाको सुरुवात गरे ।

सरकारले विद्युतीय खरिद प्रणालीका लागि पहिलोपटक एकद्वार रहने गरी ‘वेबसाइट’ सुरुवात गरेको छ । प्रधानमन्त्रीले आजै कृषि सडक, खानेपानी तथा ढल निकास, सडक, सिँचाइ, जलउत्पन्न प्रकोप नियन्त्रण विभागलाई विद्युतीय खरिद प्रणालीको ‘युजर’ र ‘पासवर्ड’ दिए ।

सरकारले गर्ने सार्वजनिक खरिदसम्बन्धी सबै सूचना अब www.bolpatra.gov.np/egp मा सर्वसाधारणसहित सम्बन्धित ठेकेदारले पनि हेर्न सक्नेछन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन भन्दै यो वेबसाइट सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण खर्चलाई पारदर्शी बनाउन यो प्रणालीले सहयोग गर्ने दावी गरे ।

उनले आधुनिक नेपालको जग निर्माणमा यञो सेवाको नयाँ अभ्यासको थालनी भएको बताए । ‘विज्ञान र प्रविधिका उपलब्धिलाई देश निर्माणका काममा अधिकतम उपयोग गर्नुपर्छ, हामी यसैका लागि क्रियाशिल छौं,’ उनलेे भने ।

उन्नतिका लागि प्रविधिको उच्च महत्व हुने बताउँदै विकासको गतिलाई तीव्र पार्न विज्ञान र प्रविधिको प्रयोग अपरिहार्य रहेको ओलीको भनाइ थियो ।

एसियाली विकास बैंकको प्राविधिक सहयोगमा सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीको थालनी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment